सहकारी ब्यवस्थापनका लागि सञ्चालकलाई अभिवृद्धि तालिम

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी,चैत १६ गते ।
म्याग्दी जिल्लामा सञ्चालित सहकारीको ब्यवस्थापनका लागि सहकारीका सञ्चालकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम बेनीमा सुरु भएको छ।
क्षमता अभिवृद्धि तालिमकोे उत्घाटन गर्दै आत्मनिर्भर पूर्ण सहकारी बनाउन सञ्चालक सहकारीको अगुवा हुनुपर्नै कार्यक्रमका प्रमुख अतिथि तथा पशिक्षक राष्ट्रिय सहकारी संघ नेपालका सदस्य रामबहादुर जिशिले बताउनुभयो ।

bikalpa_logo
सहकारीका आर्थिक गतिविधि विश्वासनिय तरिकाले अभिलेख राख्नका लागि तालिमको महत्वपूर्ण भूमिका हुने जिशीले बताउनुभयो । उहाँले सहकारी संस्थालाई जनता माँझ विश्वासिलो भएको छ कि छैन भन्ने कुरा थाहा हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादु्र कार्कीले सहकारी जनता माँझ सेवामुखी बनाउन र सहकारी संस्थालाई सहकारी जस्तै बनाउन सञ्चालकहरुलाई सक्षम बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा पत्रकार महासंघका सह–सचिब कमल खत्रीले पनि मनतव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुुर कार्की (विखर्जी) ले गर्नुभएको थियो भने सञ्चालन अमृत बास्कुनेले गर्नुभएको थियो ।