बेनीमा पत्रकार महासंघको स्थापना दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ चैत ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा विभिन्न कार्यक्रम गरेर ६१ औ स्थापना दिवस मनाएको छ ।DSC01999

दिवसको अवसरमा बेनी बजारमा पत्रकारहरुले प्रभातफेरी गरेका हुन् । क्याम्पसचोकदेखि सुरु भएको ¥याली बजार परिक्रमा गरेपछि सोही ठाउँमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक सचिव तारानाथ शर्माले पत्रकारीता पेशाबाट बढ्दो पलायनलाई रोक्नुपर्ने र पेशागत क्षमत्ता अभिवृद्धीको आवश्यकता रहेको बताउनुभयो ।

नागरिक समाज म्याग्दीका संयोजक एवं अग्रज पत्रकार सुर्दशनकुमार श्रेष्ठले पेशागत आचार संहितामा रहेर नागरिक अधिकार र मानव अधिकारको संरक्षणमा पत्रकारीता पेशा स्वाभीमानका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।DSC01997

नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले म्याग्दीका केही व्यक्तिहरुले पत्रकारीता पेशाको अपमान हुनेगरी अभिव्यक्ती दिएकोमा कडा आपत्ती जनाउदै विगतको कमजोरीको समिक्षा गर्दै आगामी दिनमा एकतावद्ध भएर अगाडी बढ्ने घोषणा गर्नुभयो ।
‘पत्रकारले लेखेको समाचारमा बिस प्रतिशत पनि सत्यता हुन्न भनेर फेसबुकमा अभिव्यक्ती दिनेहरुले आफूले सतप्रतिशत सहि काम गरेर देखाउन चुनौती दिन्छौ’ उपाध्यक्ष आचार्यले भन्नुभयो ‘आफ्नो कमजोरीको बारेमा समाचार लेखेको आधारमा गलत ढंगले पत्रकारीता पेशालाई आक्षेप र आरोप लगाउनेहरुले पहिले आफ्नो आचरण सुधार गर्नुपर्छ ।’

केही दिन अघि बेनीमा होली खेल्ने क्रममा भएको कुटपिटको घटनाको विषयमा सर्वजनीक समाचारको विषयमा लायन्स कल्व ३२५ बिवान जिल्लाका सल्लाहकार तथा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले पत्रकारहरुले लेख्ने समाचारमा बिस प्रतिशत पनि सत्यता नहुने भनेर सामाजिक सञ्जाल फेसबुक मार्फत आक्षेप लगाउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता, सचिव गोरखनाथ सुवेदीको सञ्चालन र सहसचिव कमल खत्रीको स्वागत मन्तब्यमा कोणसभा सम्पन्न भएको थियो ।