एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ चैत ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको पाँचौ जिल्ला सम्मेलन सोमबार बेनीमा सम्पन्न भएको छ ।

सम्मेलनले चिरञ्जिबी बोगटीको अध्यक्षतामा ६ सदस्य पछि मनोनित गर्नेगरी सर्वसम्मत रुपमा ४२ सदस्यीय संगठनको जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । संगठनको बरिष्ठ उपाध्यक्षमा भेषनाथ गौतम, उपाध्यक्षमा सरस्वती परियार, सचिवमा हुमनाथ पाण्डे, सहसचिवमा यामबहादुर जिसी, ठकराज पुन(प्रदीप) र कोषाध्यक्षमा मुक्ति पौडेल निर्वाचित हुनुभएको छ ।
संगठनको सचिवालय सदस्यहरुमा चुडामणी सापकोटा, ज्ञानेन्द्र सुवेदी, खड्गबहादुर पुन र देवी आचार्य रहनुभएको छ । जिल्ला सदस्यहरुमा हरि पौडेल, बालकृष्ण रेग्मी, नवीन पुन, भिम रोका, मिनबहादुर परियार, यामबहादुर खड्का, कृष्णप्रसाद सापकोटा, इनदेवी जुक्जाली, युवराज सुवेदी, खबहादुर किसान लगायत रहनुभएको छ ।Teacher Organation (2)

अन्य सदस्यहरुमा होमनाथ रिजाल, दिपेन्द्र जिसी, छकनारायण शेरपुञ्जा, थमलाल सुवेदी, सन्तोष गिरी, डेगबहादुर थापा, रमेश बोगटी, भविन्द्र शेरपुञ्जा, सिमबहादुर पुन, मदन सुवेदी, परशुराम गौडेल, कर्णनाथ सुवेदी, बिरबहादुर तरामी र आत्मराम पौडेल रहनुभएको छ ।
यसैगरी कृष्णलाल सापकोटाको संयोजकत्वमा बालकृष्ण पौडेल, गमबहादुर केसी, गौदेवी पुर्जा, नारायण तिवारी, देवराज शर्मा, त्रिबिक्रम सुवेदी, शिवकुमार खत्री र नेत्रलाल सुवेदी सदस्य रहनुभएको सल्लाहकार समिति चयन भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै संगठनका केन्द्रिय अध्यक्ष भोला सापकोटाले विद्यमान शिक्षा ऐन नियम परिमार्जन गरेपछि मात्रै शिक्षा क्षेत्रमा परिवर्तनको महशुस गर्न सकिने बताउनुभयो । राणाको पालमा बनेका ऐन नियममा टिकाई राख्ने पुरानो शैलीका कर्मचारीको स्वार्थ र यथास्थीतीबादी सोच भएका नेताका कारण नेपालको शिक्षा ब्यवहारीक र रोजगारमुलक बन्न नसकेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमीरे, जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी, नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष केशवप्रसाद रेग्मी, अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सुदीन पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष स्थीरप्रसाद खनाल, ४ नम्बर प्रदेश सहईञ्चार्ज तथा केन्द्रिय कोषाध्यक्ष ऋषिराम चापागाई, पर्वतका अध्यक्ष आनन्द पौडेल, बागलुङका मोहम्मद अजिद र लमजुङका सिताराम अधिकारीले शिक्षकहरुको पेशागत अधिकारका लागि एकतामा जोड दिनुभयो ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीका अध्यक्ष सोमनाथ ढुंगानाको अध्यक्षता, सचिव हुमनाथ पाण्डेको सञ्चालन र उपाध्यक्ष मनोज पौडेलको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।