यी हुन बेनीका फोहोरी मासु पसल

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ चैत ।
म्याग्दी सदरमुकाम बेनीका मासु पसलहरुको सोमबार अनुगमन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको नेतृत्वमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाई, नगरपालीका, उद्योग वाणिज्य संघ, उपभोक्ता, प्रहरी र पत्रकारहरुको प्रतिनिधि टोलीले मासु पसलको अनुगमन गरेको हो ।DSC01946
ईन्द्रेणीटोल, बैंकरोड, भिमसेनटोल, संगमचोक, गणेशटोल, क्याम्पसचोक, न्युरोड क्षेत्रमा रहेका १५ वटा मासु पसलको अनुगमन भएको थियो । अनुगमन टोलीले मासु पसलहरुको सरसफाईको अवस्था कमजोर रहेको जनाएको छ । धेसैजसो मासु पसल सञ्चालकले फोहोर ब्यवस्थापन र सरसफाईमा ध्यान नदिएको सहयाक प्रजिअ आचार्यले बताउनुभयो ।

DSC01916
उहाँका अनुसार बेनीका मासु पसलमा बधस्थल र मासु बिक्री गर्ने गाउँ नजिकै रहेको, खुल्ला रुपमा मासु बिक्री गरेको, बधस्थल तथा पसल फोहोरी भएको, मासु पसलको आधारभुत मापदण्ड पुरा नभएको पाइएको छ । यसअघि पनि अनुगमनका क्रममा सचेत बनाइएका मासु पसल सञ्चालकहरुले सुधारमा बेवास्ता गरेको भेटिएपछि टोलीले कडा चेतावनी दिएको छ ।

भिमसेनटोलको लाला असलम, गणेशटोलको चितवन, मुस्ताफा र क्याम्पसचोकको गुप्ता प्रेस हाउसलाई सुधारका लागि एक महिनाको समयसिमा दिएको छ । निर्धारीत समयमा सरसफाई अवस्थामा सुधार नगरे ति पसल बन्द गर्ने बरिष्ठ पशु चिकित्सक चापागाईले चेतावनी दिनुभयो ।DSC01926

लाला असलम, चितवन र गुप्ता फ्रेस हाउसमा खुल्ला रुपमा, अस्वस्थ्य मासु बिक्री भएको तथा मुस्ताफा मासु पसलमा ढुवानीका क्रममा मरेका कुखुरा पनि जिउँदोसंगै काटेर बिक्री गर्न लागेको भेटिएको थियो । धेरै पसलहरुले डिपफ्रिजमा राखेर मासु बिक्री गरेको भएपनि सरसफाईमा अझै सुधार गर्नुपर्ने टोलीले जनाएको छ ।DSC01932

सप्ताहब्यापी स्वच्छ तथा स्वस्थ्य मासु अभियान अन्तरगत चैत २० गतेसम्म बेनीका अन्य र सदरमुकाम बाहीरका मासु पसलहरुको पनि अनुगमन गर्ने पशु सेवा कार्यालयले जनाएको छ ।
ब्धशाला देखि मासु पसल हुदै उपभोक्ताको भान्छासम्म सफा र स्वस्थ्य मासुको उपभोग गर्ने वातावरण सिर्जना गर्न अनुगमनका साथै उपभोक्ता, मासु ब्यवसायी र कृषकहरुलाई सचेतनामुलक कार्यक्रम गरिने कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।