वन उपभोक्ता समूहद्धारा पत्रकार सहित पाँच जनालाई सम्मान

विकल्प न्यूज/बेनी
म्याग्दी १४ चैत ।
म्याग्दीको बेनी नगरपालीका ९ र १० मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायीक वन उपभोक्ता समूहले आइतबार दुई जना पत्रकार सहित वन संरक्षण तथा प्रर्वद्धनमा योगदान गर्ने पाँच जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

समूहको सातौ अधिवेशन तथा १९ औ साधारणसभाको अवसरमा म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम, घनश्याम खड्का, समूहका पुर्व अध्यक्ष तथा सल्लाहकार म्याग्दीका सहायक प्रजिअ यामबहादुर चोखाल, समूहका सहसचिव यामबहादुर खत्री र सदस्य अम्मरबहादुर बस्नेतलाई सम्मान गरिएको हो ।DSC01868

सगरमाथा टेलीभिजन, धौलागिरी टेलीभिजन, रासस, म्याग्दीकाली एफ एम, नवविकल्प साप्ताहिक, रातोपाटी अनलाईन लगायतका सञ्चार माध्यममा आवद्ध गौतम र कान्तिपुर पब्लिीकेशनमा आवद्ध खड्कालाई समूहका अध्यक्ष टेकबहादुर बानियाँ, निमित्त जिल्ला वन अधिकृत अजयबिक्रम मानन्धर र ईलाका वन कार्यालय घतानका सहायक वन अधिकृत तिलक थापाले दोसल्ला ओदाउनुका साथै सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सामुदायीक वनको गतिबिधीलाई प्रचारप्रसारको साथै म्याग्दीको वन, वातावरण र जैवीक विबिधता संरक्षण एवं प्रर्वद्धन सम्बन्धि समाचार लेखनमा प्राथमिकता दिएकाले पत्रकारद्धयलाई सम्मान गरिएको समुहले जनाएको छ । साधारणसभाले कोषाध्यक्ष सिता चोखालले प्रस्तुत गरेको आर्थिक, अध्यक्ष टेकबहादुर बानियाँको प्रगती र सचिव रामजी सुवेदीको प्रस्तावीक कार्यक्रमलाई अनुमोदन गरेको छ ।DSC01851बेनी नगरपालीका ९ र १० का ६१८ घरधुरी उपभोक्ता रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायीक वन समूहले नेप्टेचौरको राष्ट्रिय माविका निजी शिक्षकको तलब, पुर्वाधार विकास, वन तथा वातावरण संरक्षण र उपभोक्ताको आयआर्जन वृद्धीका लागि घुम्ती कोष मार्फत १३ लाख रुपैया भन्दा बढी लगानी गरेको छ ।

वन समूहका अध्यक्ष टेकबहादुर बानियाको अध्यक्षता, तारादेवी चोखाल बानियाको स्वागत र सचिव रामजी सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि निमित्त जिल्ला वन अधिकृत अजयबिक्रम मानन्धर, सहायक वन अधिकृत तिलक थापा, समूहका संरक्षक रुद्रबहादुर केसी र सल्लाहकार गंगाबहादुर बानियाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।