ताजा समाचार:
Search

नक्सा पास गरी भवन निर्माण गर्नुपर्ने ब्यवस्था कार्यान्वयनमा कडाई

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ चैत ।
बेनी नगरपालीकाको कार्यालयले नक्सा जाँचपास गरेर भवन निर्माण गर्नुपर्ने नितीगत ब्यवस्था कार्यान्वयनमा कडाई गरेको छ ।

आचार संहिता विपरीत नगर क्षेत्रमा जथाभावी घर तथा भवन निर्माण गर्ने क्रम बढेपछि नगरपालीका कार्यालयले कानुन कार्यान्वयनमा कडाई गरेको हो । भवन निर्माण गर्नुपुर्व नगरपालीकाले तोकेको मापदण्डको नक्सा जाँचपास गराउनुपर्ने कानुनी ब्यवस्था पालना गराउन अनुमगन र सचेतीकरणमा जोड दिइएको कार्यकारी अधिकृत छवीलाल सुवेदीले जानकारी दिनुभयो ।home4

नगरपालीकाको दिगो विकास, बस्ती ब्यवस्थापन, विपद्को जोखिम न्युनीकरणका लागि घर तथा भवन निर्माण गर्नुपुर्व प्राबिधिक हिसावले नक्सा तयार पारी नगरपालीकाबाट स्वीकृत गर्नुपर्ने ब्यवस्था गरिएको छ । बेनीमा केही घरधनीहरुले नक्सापास नगरीकन भवन निर्माण गरेको पाइएपछि पत्र मार्फत सचेत बनाइएको कार्यकारी अधिकृत सुवेदीले बताउनुभयो ।
पत्रमार्फत अनिवार्य नक्सापास गरेर मात्र घर निर्माण अघि बढाउन निर्देशन दिनुका साथै निर्माणाधिन भवनको संरचना समेत परिवर्तन गर्न लगाएको नगरपालीकाले जनाएको छ । नक्सा जाँचपास नगरीकन बनाएको घर तथा भवन प्राबिधिक हिसावले कमजोर हुने र जोखिम हुने जनाइएको छ ।

यसैगरी घर निर्माणका क्रममा नगर क्षेत्रमा सडक मापदण्ड लागु गराउन पनि पहल थालीएको छ । बिच सडकको दाँया र बाँया चारचार मिटर छोडेर मात्र घर तथा भवन बनाउन अनुमती दिने व्यवस्थालाई कडाईका साथ लागु गरिएको सबईञ्जिनियर बिष्णु पौडेलले बताउनुभयो ।