विकल्प न्यूज/बेनी
चैत ११ गते ।
म्याग्दीको भगवतीमा जंगलमा लागेको डडेलोका कारण पाईप पोलीएपछि खानेपानी आपूर्ती बन्द भएको छ ।
भगवती ७ गोल्पाको वनमा मंगलबार आगोलागी हुँदा राममन्दिर टोलमा खानेपानी आपूर्ती गर्ने पाईप पोलीएको थियो । डढेलोले थोटनेरी खानेपानी आयोजनाको तिन सय ५० मिटर ४० एमएमको पाईप जलेकाले खानेपानी आपूर्ती बन्द भएको हो ।
पाईप जलेपछि भगवती २ मा पर्ने रामन्दिर खौरेटा टोलका दुई सय घरधुरीमा खानेपानीको हाहाकार भएको स्थानीय बासिन्दा तोरण केसीले जानकारी दिनुभयो । जंगलमा लागेको डडेलो अझै नियन्त्रणमा नआएको र आगोले जलेको ठाउँमा पाईप परिवर्तन गर्ने आर्थिक स्रोत नहुँदा स्थानीयबासीन्दा खानेपानी अभावमा काकाकुल बनेका केसीले बताउनुभयो । फाइल तस्विर