ताजा समाचार:
Search

दरवाङ–खाम्ला सडक आयोजना सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ चैत ।
पश्चिम म्याग्दीको दुर्गम चार गाविसलाई ब्यापारीक केन्द्र दरवाङ बजारसंग जोड्ने दरवाङ–खाम्ला सडक आयोजना सुरु भएको छ ।

सडक डिभीजन कार्यालय बागलुङले दरवाङ–बिम–मराङ कल्लेनी हुँदै मुदीको खाम्ला जोड्ने सडकको स्तरवृद्धी गर्न आयोजना सुरु गरेको हो । आयोजना मार्फत जिल्ला विकास समिति र उपभोक्ताहरुले खनेको दरवाङ देखि शिवरात्री खोलासम्मको ६ किलोमिटर सडक स्तरवृद्धी गरिने भएको छ ।

म्याग्दीबाट निर्वाचित सांसद नवराज शर्माको सिफारीसमा आयोजना सञ्चालन भएको जनाइएको छ । निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा पाँच करोड रुपैया सम्मको एउटा आयोजना सञ्चालन गर्न सिफारीस गर्न पाउने ब्यवस्था अनुसार शर्माले दरवाङ–खाम्ला सडकलाई सिफारीस गर्नुभएको थियो ।

हिरा एण्ड नमीता जेभी नाना ब्रर्दशले उक्त सडक फराकीलो बनाउने, ग्याबिन र पक्कि पर्खाल लगाउने लगायतका कामको ठेक्का पाएको छ । आयोजना प्रतिस्पर्धा मार्फत तिन करोड ८९ लाख रुपैयामा सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीच सम्झौता भएको हो ।DSC01324

सम्झौता अनुसार २०७३ मंसिर महिनासम्म सडकको काम सम्पन्न हुने हिरा एण्ड नमीता जेभी नाना ब्रर्दशका सञ्चालक रविन्द्र कार्कीले बताउनुभयो । सडकलाई कम्तीमा सात मिटर चाक्लो बनाइने भएको छ । कार्यक्षेत्रमा अहिले दुई वटा मेसीन र ३० जना मजदुरले काम गरिरहेका कार्कीले बताउनुभयो ।

सात वर्ष लगाएर दरवाङदेखि बिमको शिवरात्रीखोला नजिकैको भिरसम्म गत आर्थिक वर्षसम्म ट्याक खोलीएको थियो । उक्त सडक बिम, मराङ, मल्कवाङ र मुदी गाविसका बासिन्दाले प्रयोग गर्छन् । दरवाङदेखि बिमको खारासम्मको सडक उपयोगमा आएपनि खारादेखि शिवरात्रीखोलाको भिरसम्मको सडक प्रयोगमा आउन सेकेको छैन् ।