जलजलाका महिलाहरुलाई अचार बनाउने तालिम

विकल्प न्यूज/बेनी
फागुन २५ गते । 

जलजलाका महिलाहरुलाई ६ दिने अचार बनाउने तालिम दिइएको छ । गाउँपालिकाको ७ मिलनचोकमा सञ्चालन भएको तालिम मंगबार सम्पन्न भएको हो ।

गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडेपा) को आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । स्थानीय स्तरमा पाइने अर्गानिक सामग्रीको प्रयोग गरि कार्क्रो ,सिस्नो ,लसुन ,बन्दा,गोलभेडा लगायत विभिन्न परिकार हरुको अचार बनाउने तालिम दिएको सहजकर्ता संगीता रेग्मीले बताउनुभयो ।

गाउँ घरमा सहजै पाइने तरकारी हरुलाई सदुपयोग गरि ६ दिन सम्मको अबधिमा सिकेको तालिमलाई व्यवसायिक रुपमा लैजाने सहभागीहरुले बताएका छन् । बजार माग नि राम्रै छ तालिम लिइसकेपछी धेरै कुराको ज्ञान भयो अगामी दिनमा व्यबासायिक रुपामा अचार बनाउने योजना रहेको प्रशिक्षार्थी सर्मिला खाती ले बताउनु भयो । प्रशिक्षक चन्द्रकला राना , गिता पाइजा र सगिता रेग्मीले तालिमको सहजीकरण गर्नुभएको थियो ।

यस्तै (मोडेपाले) जलजला को वार्ड न ९ मा मुढा बुन्ने तालिम सम्पन्न भैसकेको छ भने केही स्थान मा उधमीहरुलो माग अनुसार तालिम संचालन गर्ने योजना रहेको सहजकर्ता संगीता रेग्मीले बताउनु भयो ।