विकल्प न्यूज /बेनी
चैत ७ गते ।
वाह् बर्ष अघिको त्यो भयावह रात अझै पनि बेनीबासीहरुको मानसपटलबाट मेटिइसकेको छैन । कलकल बग्ने कालीगण्डकी र म्याग्दी नदीको संगमथलो बेनी बजारलाई विगतको भिषण भिडन्तले नराम्रो झट्का बेहोर्नुप¥यो । माओवादी युद्धको चरमोत्कर्षका बेला दुई नदीको भेट हुने एउटा सुन्दर बजार बेनी विद्रोहीहरुको आक्रमणको निसानामा प¥यो । ०६० चैत ७ गते राति बेनीमा त्रासको विजारोपण भयो र ध्वंसको तीतो इतिहास रचियो । तीसको दशकमा मन छन्त्यालले गाएको “बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल” को सौन्दर्य पनि बेनी आक्रमण सँगै मेटिएको आभास म्याग्दीबासीलाई नभएको होइन ।
त्यो चैत ७ को भिडन्तलाई कसैले रातो त कसैले कालो दिनका रुपमा लिने गर्दछन् । एमाओबादी नेता गोविन्द पौडेलले त्यो रातलाई बर्गसघर्षको क्रममा भएको उच्च विरताका रुपमा चित्रण गरे । नेपाली काँग्रेसका वर्तमान जिल्ला सचिव माधब प्रसाद रेग्मी त्यो दिनलाई आफ्नो जिवन सँग जोडे । उनले त्यस दिन उक्त घटना नभएको भए जिवन लिला समाप्त हुने बताए । उनले चैत ७ को घटनाले गर्दा आफुको ज्यान बचेको एक कार्यक्रममा बताए । उनले तत्कालिन समयमा नेपाली सेनाका कर्णेल राजु नेपालीबाट आफु असुरक्षित भएको र त्यस समयमा कर्णेल नेपाली बेनीका राजै जस्तो भएकाले आफु लागयत बेनीवासीहरुले धेरै दुःख भोगेकाले भिडन्त पश्चात उनको शेखी घटेको बताए ।
त्यस दिन माओवादीले बेनी बजारमा भीषण आक्रमण गरेर एक दर्जन सरकारी कार्यालय, एउटा पुस्तकालय र निजी घर ध्वस्त बनाए पनि बेनीबासीहरुले भने समयक्रममा त्यो घाउ बिर्सिन थालेका छन् ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चामा रहेको बेनी आक्रमणपछि माओवादीले विजय ¥याली समेत गरेका थिए । माओवादीले तत्कालिन प्रजिअ सहितको टोलीलाई नियन्त्रणमा लिएर रुकुमसम्म पु¥यायो । फर्कने क्रममा माओवादीले म्याग्दीको दुर्गम ताकम, लुलाङसँगै रुकुममा खुसीयाली मनाएको थियो ।
शसस्त्र युद्धमा राज्य र विद्रोही पक्षबाट १ सय १६ जनाले ज्यान गुमाउनुका साथै अरवौ मुल्य बराबारको भौतिक सम्पती नष्ट भयो । दुवैपक्षबाट अपहरण, कैद तथा हिरासतमा राखेर यातना दिईयो, धेरै अपाङ, विस्थापित भएका थिए । सदरमुकाम बाहेका क्षेत्र करिवकरिव माओवादीकै कब्जामा थियो । ग्रामिण क्षेत्रका जनता विद्रोही र राज्यपक्षको चेपुवामा थिए । तत्कालिन अवस्थामा साना र ठूला गरेर दर्जनको हाराहारीमा विद्रोहीपक्षबाट राज्यपक्षिय सेनालाई लक्षित गरेर आक्रमण भएका थिए । जसमध्ये माओवादी आन्दोलनकै सबैभन्दा चर्चित मानिने २०६० साल चैत्र ७ गतेको सदरमुकाम बेनीबजारमा भएको आक्रमणलाई लिन सकिन्छ । आक्रमणमा राज्य र विद्रोहीसँगै सर्वसाधारणको समेत ज्यान गयो ।
चैत्र ७ गते राती ११ बजे देखि चलेको युद्ध ८ गते दिउँसो ३ बजेसम्म जारी थियो । मध्यरातमा हुने माओवादी आक्रमणलाई म्याग्देली जनताले दिउँसै हेरे । आक्रमणमा सरकारी कार्यालय सहित सर्वसाधारणको समेत गरेर अरवौ मुल्य बराबार नोक्सानी भयो । आक्रमणलाई माओवादी र राज्य पक्षले आफ्नो विजय भएको दावी गरेपनि नेपाली सेनाको तत्कालिन कालिप्रसाद गण बाहेक सबै माओवादीले कब्जा गर्न सफल भयो । आक्रमणपछि माओवादीले तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली, प्रहरी नायव उपरिक्षक रणबहादुर गौतम सहित प्रहरीलाई कब्जामा लिएको थियो ।
माओवादीका नेता चन्द्रप्रसाद खनाल, नेत्रविक्रम चन्द, नन्द्रकिसोर पासाङ(हाल उपराष्ट्रपति) लगाएतको नेतृत्वमा आक्रमण भएको थियो । माओवादीले उक्त आक्रमणमा सहकमाण्डार बहुविर लगाएत भिडन्त र उपचारका क्रममा १ सय २५ जना आफ्ना योद्धा गुमाएको र करिव ५ सय कार्यकर्ता घाईते भएको स्वीकार गरेको छ भने नेपाली सेना र प्रहरी सहित २० जना सर्वसाधारणको मृत्यु भएको राष्ट्रिय मानवअधिकार आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।
माओवादीले राज्य पक्षतर्फ पनि ठूलो हताहती भएको बताउँदै प्राविधिक पक्ष केही कमजोर भएपनि सम्रगमा म्याग्दी आक्रमण सफल भएको बताउँदै आइरहेको छ । आक्रमणमा माओवादीले नेपाली सेना र प्रहरीबाट १ सय ५० थान हतियार लुटेको थियो भने पहिलोपटक आफुँले प्रयोग गर्दै आइरहेको चर्चित एके ४७ हतियार सहित केही आधुनिक हतियार गुमाएको थियो । आक्रमणपछि माओवादीलाई खेददै गएको नेपाली सेनाले जथाभावि बम फाल्दा सर्वसाधारणको मृत्यु भएको थियो । बेनी आक्रमणलाई नजिकबाट निल्हायका नेपाल बार एशोसीयसनका पुर्व अध्यक्ष एवम् अधिवक्ता सागरजिवी उपाध्यायले युद्धमा मानवीय क्षती भएपनि बेनीबजारमा दुवैपक्षबाट सर्वसाधारणलाई बचाउने प्रयास गरेको देखिएको बताउँछन् ।
आक्रमणमा जिविसका कार्यालय सहयोगी झलक भनिन् योगेन्द्र गैरे, बावियौचार गाविसका दलबहादुर गुरूङ, गंगा बुढाथोकी, क्रस फायरिङमा परी पुलाचौरका मोहन बानियाँ, दाना गाविसका अनिल फगामी, निस्कोट गाविसका चित्रबहादुर पुन र सोमबहादुर विक , सेनाको हवाई आक्रमणमा पुलाचौरका फौजबहादुर दर्जी, सुर्य दर्जी, ठेगाने दर्जी, खम्बे दर्जी र सुन्तले दर्जीको ज्यामरुककोटको खवरामा एकै ठाउँमा मृत्यु भएको थियो । सोही स्थानमा ज्यामरुककोटकी लक्ष्मी कार्कीको समेत ज्यान गएको थियो ।
भिण्डन्तमा भगवती गाविसका यामलाल शर्मा, ठक्करे दर्जी, गोरी गर्बुजा, अर्थुङेका झिल्के सार्की, पर्वत लेकफाँटका दिलबहादुर अर्मजा, बागलुङका टिका गैर र हेमलाल केसीको समेत ज्यान गएको थियो । माओवादीले जिल्ला प्रशासन, जिल्ला अदालत, जिविस, प्रहरी कार्यालय सहित सबैजसो सरकारी कार्यालयमा आगजनी गरेका थिए । माओवादीको १० बर्षे जनयुद्धको क्रममा म्याग्दी जिल्लामा ९५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । युद्धमा घाईते भएका धेरैले राहत पाएपनि बेनीका कृष्णप्रसाद श्रेष्ठ, बेनी नगरपालिकाका दिननाथ रेग्मी लागएतले अझै राहत नपाएको बताउँछन् ।
जनयुद्धलाई म्याग्दीबासीले जे जस्तो ब्याख्या गरेपनि माओवादीले यसलाई परिवर्तनका लागि गरिएको बर्गसंर्घषको निर्णायक मोडका रुपमा लिएको छ ।आक्रमणको दुइवर्ष पछाडी भारतमा भएको माओवादी र काँग्रेस, एमाले लगाएतका ७ राजनीतिक दल विचको बाह्र बुँदे सहमतिपछि देशमा देखिएको शान्तिको वातावरणबाट म्याग्देली जनता उत्साहित भएका थिए । ६२÷६३को जनआन्दोलनमा संसदीय दलसँगै माओवादीले समेत सर्मथन जनाएको थियो ।
माओवादीले ग्रामिण क्षेत्रबाट जनतालाई आन्दोलनमा सहभागिता गराइरहेको थियो । जनयुद्धमा चिसिएको सम्बन्धलाई राजनीतिक दल र माओवादीले सुधार गर्दै सहकार्यको अभियानमा लागे । जसको फल स्वरुव पहिलो संविधान सभाको निर्वाचन समेत सम्पन्न भयो । निर्वाचनमा एमाओवादीका उम्मेदवार गोविन्द्र पौडेलले २३ हजार मत ल्याएर विजय प्राप्त गरे । संसदीय ब्यवस्था स्वीकार गरेको माओवादी र अन्य राजनीतिक दल विच जिल्लाका महत्वपुर्ण एजेण्डामा सहमति हुदै गयो । विगतमा जे जस्तो भएपनि दल विचको एकता कायम भएको राजनीतिक दलका नेताहरूको भनाई छ ।
जनयुद्धपछि देशमा आएको परिवर्तनबाट ग्रामिण क्षेत्रका महिलाको जिवनस्तरमा परिवर्तत समेत भएको पाइन्छ । सधै घरायसी काममा सिमित रहने महिलाहरु विस्तारै राजनीतिक,सामाजिक, आर्थिक तथा समाजका अन्य महत्वपुर्ण कार्यमा समेत सहभागिता जनाउन थालेका छन् । दोस्रो जनआन्दोलनमा दुईदिनको पैदलयात्रा गरेर पनि महिलाहरु सातु र पानीको भरमा आन्दोलनमा सहभागिता जनाएको दृष्यले देशभरका महिलालाई जागरुक बनाएको थियो । महिलाको सहभागिताको हिसावले अन्य जिल्लाको तुलनामा म्याग्दीलाई अगाडी मानेर स्वदेश तथा विदेशका सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ प्रकाशित गरेका थिए ।
द्वन्द्वप्रभावित महिलालाई लक्षित गरेर सञ्चालन गरिएका विभिन्न आयमुलक तालिमले समेत आत्मनिर्भर तर्फ उन्मुख हुदै गएका छन् । महिला तथा बालबालिका कार्यालय, जिल्ला बाल कल्याण समिति, स्थानीय शान्ति समितिले समेत द्वन्द्व प्रभावितलाई लक्षित गरेर आफ्ना क्रियाकलाप अगाडी बढाएको छ । द्वन्द्वमा भोगेका पिडादायी अवस्थालाई विर्सिएर शान्ति र समृद्धिको अभियानमा अगाडी बढाउन स्थानीय शान्ति समितले महत्वपुर्ण भुमिका खेलीरहेको छ । शान्तिको नाममा आएको सानो रकमलाई समेत गाउँगाउँसम्म पु¥याउने अभियानमा लागेको समितिमा सबै राजनीतिक दलको सहभागिता रहेको छ ।
शान्तीको विउ रोप्दै स्थानीय शान्ति समिति
स्थानीय शान्ती समितिले म्याग्दीमा शान्तिको दियो बाल्ने काम गरेको छ । विद्रोही र राज्य पक्षबाट युद्धका क्रममा भएका क्रियाकलापलाई दुस्मनीभन्दा पनि देशको परिस्थितिका क्रममा भएको घटनाका रुपमा लिनुपर्नेभन्दै समितिमार्फत बेनी नगरपालिका र ३५ गाविसमा स्थानीय शान्ति समिति गठन गरेको छ । शान्ति समितिमार्फत द्वन्द्वमा परेकालाई मैरीपालन, ब्यवसायीक च्याउ खेती, तरकारी तथा फलफुल खेती, पशुपालन, कम्प्युटर डाईभिङ लगाएतका आयमुलक तालिम सञ्चालन गरिरहेको शान्ति समितिका पुर्व अध्यक्ष देवेन्द्र केसीले बताए ।
जिल्लामा क्रियासिल राजनीतिक दलले आलोपालो गरेर नेतृत्व गर्ने समितिले शान्ति पर्वद्धनमा सहयोग पु¥याउने जनचेतनामुलक कार्यक्रम, गाविसस्तरीय शान्ति समितिका पदाधिकारीलाई अभिमुखीकारण् कार्यक्रम, उच्च माविस्तरिय निवन्ध प्रतियोगिता, वक्तत्वकला, द्वन्द्वपीडितको अवस्था अध्ययन, शान्ति निर्माण र द्वन्द्व ब्यवस्थापन सम्बन्धित विषयगत कार्यालय, गैरसरकारी संस्था, स्थानीय निकायसँग छलफल, राजनीतिक दल विच भएका विवादलाई समाधान गर्न मध्यस्तकर्ताको भुमिका, पारिवारिक सम्बन्धलाई समेत समाधानको प्रयास, राहत वितरणमा प्रभावकारीता बढाउन पहल, जिल्लाका द्वन्द्वपीडितको पहिचान लगाएत विभिन्न क्षेत्रमा काम गरिरहेको छ । प्रत्येकबर्ष ५ लाख बजेट विनियोजन हुने गरेको भएपनि समिति मार्फत अन्य गैरसरकारी संस्थासँग सहकार्य गरी आफ्नो गतिविधिलाई प्रभावकारी बनाइरहेको छ ।
द्वन्द्वपीडितलाई ३ करोड २४ लाख वितरण
जिल्ला प्रशासन कार्यालय म्याग्दीले विभिन्न चरणमा द्वन्द्वपीडितलाई ३ करोड २४ लाख भन्दा वढी उपलब्ध गराएको छ । १० बर्षे जनयुद्धको क्रममा मृत्युवरण गरेका ९५ जना, १ जना बेपत्ता, कैद हिरासतबाट २३ जना, घाईते, अपाङता ३१ जना, जिवन निर्वाह भत्ता ५ जना, टुहुरा बालबालिकालाई भत्ता, सम्पत्ती क्षती भएका ७० जना मध्ये ५ जना र विस्थापितलाई कित्ताबन्दीमा रकम उपलब्ध गराइएको जिल्ला प्रशासनले जनाएको छ ।
जिल्लाभित्र रहेका द्वन्द्वपीडितलाई राहत उपलब्ध गराउन प्रशासनको प्रभावकारी भुमिका देखिएको छ । द्वन्द्वका क्रममा राहत पाउनबाट बन्चित भएकाहरुलाई समेत प्रशासनले सुची तयार गरेर पठाएको छ । द्वन्द्वमा परेकालाई स्थलगत अवलोकन गरी पुरानो घाँउ मेटाउने प्रयासमा प्रशासनले भुमिका खेलेको छ । जिल्लामा प्रशासन, स्थानीय शान्ति समितिका साथै इन्सेक, सत्र्कम नेपाल लगाएतका संस्थाले समेत काम गरिरहेका छन् । अन्य गैरसरकारी कार्यालयले समेत आफ्नो कार्यलाई अगाडी बढाइरहेका छन् । एक दशक चलेको युद्धको प्रभाव अझै कायम रहेपनि त्यसमा मलम लगाउन सरकारी तथा राजनीतिक दलबाट भइरहेको प्रयासबाट द्वन्द्वपीडितलाई केही राहत मिलेपनि त्यसको प्रभावकारीलाई थप बलियो बनाउपर्ने देखिन्छ । हाम्रा सहकर्मी पत्रकार हरिकृष्ण गौतमले एकवर्ष अगाडी नवविकल्प साप्ताहिकलाई तयार पारेको सामाग्री आज पुन सम्पादित गरेर प्रकाशित गरेका छौ ।