ताजा समाचार:
Search

म्याग्दी सिमलचौरका युवा कृषकहरु प्रविधि मैत्री हुँदै – ईन्टरनेटको भरमा माछापालन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,फागुन ३० गते ।
म्याग्दीको बाबियाचौर २ सिमलचौरमा युवाहरुले ईन्टरनेटबाट प्राप्त गरेको प्राबिधिक जानकारीको आधारमा ब्यवसायीक माछापालन गरेका छन् ।
माछापालन र अर्गानीक तरकारी खेती गरेका सिमलचौरको केडी एग्रो फार्मका सञ्चालक जिवन र अशोक पौडेलले ईन्टरनेटमा प्राबिधिक जानकारी खोजेर ब्यवसाय सुरु गरेका हुन् ।
‘कृषि सेवा केन्द्रका कृषि प्राबिधिकलाई सोध्न जाँदा माछापालनको बारेमा जानकारी नभएको बताएपछि ईन्टरनेटमा खोजी ग¥यौ’ अशोक पौडेलले भन्नुभयो ‘कृषि विकास मन्त्रालय, विभिन्न सञ्चार माध्यम र बिदेशका फार्महरु वेभसाईटमा भेटिएको जानकारीलाई आधार बनाएर माछापालन सुरु गरेका हौ ।’

कस्तो भुगोल र हावापानीमा कुन जातको माछा पाल्न सकिने, पोखरी कस्तो बनाउने, आहराको ब्यवस्था कसरी गर्ने, माछा पालन गर्दा ध्यान दिनुपर्ने पक्ष र माछापालनको बिशेषताहरुको बारेमा वेभसाईटबाट प्राबिधिक जानकारी लिएको पौडेल द्धय बताउँछन् ।KD Kirsi Farm

स्नातककोत्तर तहसम्मको शिक्षा हाँसील गरेका पौडेल दाजुभाईले ईन्टरनेटमा पाएको प्राबिधिक जानकारी अनुसार परिक्षणका लागि स्थापना गरेको पोखरी र माछापालनबाट सफलता पाएपछि ब्यवसायीक फार्म स्थापना गरेका हुन् ।

हाल तिन वटा पोखरीमा तिन हजार भन्दा बढी माहुर जातका माछा र पाँच रोपनी भन्दा बढी जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका पौडेल उनिहरुले १० लाख रुपैया लगानी भैसकेको जानकारी दिएका छन् ।

चार क्विन्टल माछा अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लगेर बेचेका उनिहरुले पोखरीमा थप पाँच क्विन्टल माछा रहेको बताएका छन् । प्रतिकेजी चार सय रुपैयाका दरले पोखरीबाटै माछा बिक्री हुने गरेको जिवन पौडेलले बताउनुभयो । म्याग्दी खोलामा स्थानीयले मार्ने माछा समेत खरिद बिक्री गर्ने उनिहरुले हालै रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् ।
बुवा, आमाले परम्परागत रुपमा गर्दै आएको कृषि पेशालाई थप ब्यवसायीक बनाउने र स्वरोजगार बन्ने उद्देश्यले फार्म स्थापना गरेको सांगीतिक क्षेत्रमा समेत सक्रिय रहेका अशोक पौडेलले बताउनुभयो । फार्ममार्फत अर्गानीक तरकारी, फलफुल, स्थानीय खसीबोका, कुखुरा खरिद बिक्री गर्ने उद्देश्य राखिएको छ ।

स्थानीय कृषकले उत्पादन गरेको कृषि र पशुजन्य बस्तुलाई बजारीकरण गर्ने योजना रहेको पौडेलले बताउनुभयो । माछाको माग बढेकाले थप पोखरी बनाएर कमन कार्प र ग्रास कार्प जातको भुरा हाल्ने तयारी गरेका छन् ।

उनिहरुले म्याग्दी खोलामा मारेको असला माछा संकलन गरेर स्थानीय बजार, बेनी र पोखरामा पठाउने गरेका छन् । फार्ममा दुई जना कामदार सहित परिवारका पाँच जनाले रोजगारी पाएका छन् । उनीहरुले माछापालन सम्बन्धि तालीम र कृषि प्राबिधिकहरुबाट सहयोग नपाएको गुनासो गरेका छन् ।