पशुसेवा विज्ञ केन्द्रद्धारा पशुपालन विकासका लागि ६ करोड बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी
असोज१३गते। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा म्याग्दी र मुस्ताङमा पशुपालन क्षेत्रको विकासका लागि ६ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

मंगबार कार्यालयले पत्रकार भेटघाट कार्यक्रम मार्फत ६ करोड २ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
कार्यालयले पुँजीगत तर्फ २३ लाख ३० हजार र प्रशासनीक तर्फ ८५ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो ।

प्रमुख कुसुमका अनुसार मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रमका लागि १३ लाख पचास हजार,पशु स्वास्थ्य कार्यक्रममा ८३ लाख ९४ हजार, पशु आहार प्रवद्र्धन कार्यक्रम तर्फ १० लाख पचास हजार विनियोजन भएको छ । 

यसैगरी पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रमका लागि ८ लाख ७० हजार,पशु अनुवांशिक श्रोत संरक्षणमा २९ लाख,पशुपंक्षि बजार प्रवद्र्धन कार्यक्रम ७ लाख विनियोजन भएको छ ।
एकिकृत स्वास्थ्य कार्यक्रमका लागि १७ लाख ४० हजार,क्षमता अभिवृद्धि कार्यक्रमका लागि १० लाख २५ हजार र कोभिडबाट प्रभावित लक्षित कृषि कार्यक्रमका लागि १५ लाख ५० हजार विनियोजन भएको छ ।

शुसासन तथा पारदर्शी सम्बन्धी कार्यक्रम सञ्चालन गर्न ६ लाख ५ हजार रुपियाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख कुुसुमले जानकारी दिनुभयो । स्विकृत कार्यक्रमहरुको कार्यान्वयनमा कार्यालय जुटेको उहाँले बताउनुभयो ।