विकल्प न्यूज/बेनी
असोज १२ गते ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट म्याग्दीका जिवनकुमार विश्वकर्मा उपसभापतिमा निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न अधिबेशनबाट विश्वकर्माको प्यानल निर्वाचित भएको हो । विश्वकर्माका प्रतिपस्र्धी राज गहतराजलाई १४ मतको फराकिलो अन्तरले विश्वकर्मा विजयी हुनुभएको हो । विश्वकर्माले ३९ मत प्राप्त गर्नुभयो ।
अधिबेशनमा प्रदेशका ९ जिल्लाका व्यवसायीहरुले मतदान गरेका थिए । विश्वकर्माको प्यानलबाट नै अध्यक्षमा चन्द्र किशोर गौतमले ३९ मत प्राप्त गरी विजयी हुनुभयो । उपसभापतिमा निर्वाचित हुनुभएका विश्वकर्मा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं जिल्ला आयूर्वेद अस्पतालका अध्यक्ष हुनुहुन्छ ।