असोज ५ गते ।
नेकपाले चुनावमा सपना बाडेर चुनाव त जितेको थियो तर चुनाव जितेपछि गठन भएको नेकपा नेतृत्वको सरकार मस्त निन्द्रामा छ । आफू वेखवर भएर जनतालाई भ्रमको खेती लगाइ दिएका छन र कतिपय त त्यही भ्रमलाई नै बेचेर कमाइ खाने भाडो बनाएका छन ।
कति निन्द्रा लागेको सरकार अब त उठ्नु प¥यो त कस्तो आन्नदको निन्द्रा हों तिमिहरुको ह ? जनताहरु कहाँ के भइ सके थाह छ त ? जनताको न गाँस छ, न वास छ न कपास छ किन मौन छौं ?
तिमीहरुलाई मस्त निदाउन सरकारमा पु¥याएको हो त ? कहिले होस आउने हो त ? यसरी बेहोस अचेत भएर त देश नै सिकिस्तै विरामी भइ सक्यो त ? हुन त सरकार विरामी हुँदा कि त अन्तराष्ट्रिय उडान भइ नै जान्छ कि त पाँच तारे होटल वुक भइ जान्छ के थाह र विरामी छु कि छैन भनेर ?
यस्तो यो कोरोनाले निम्त्याएको भोकमरी, बेरोजगारी, बाढी पीडित, दीर्घकालिन रोगका विरामी कहाँ छन एकपटक सोच्ने को छ ? सरकार हेलिकप्टर चढेर गरिबीको मजाकम उडाउन जान्छ । उसलाई के थाहा वास्तविकता र गरिवी अहिले सडकमा कुन मनकारीले आजको साबचाइदिने हो भनेर हात थापेर खाना बसेको यहाँ मन भक्कानो भएर रुन मन लाग्छ ।
कहिले काहि त आफ्नै हात नै काटेर फालिदिउ जस्तो लाग्छ, किन कि सर्वाहाराको नेता भनेर चौडा छाति बनाएर भोट दिइयो । उनीहरुले आज आएर जनतालाई सरकार चाहिएको समयमा सान्त्वना समेत दिइएनन् बरु चोट दिए । आज कम्युनिष्ट भएर पनि त्यही जनताको मर्म बुझ्न छोडे । यस्तो नेता भन्दा त बरु चुनावमा सहभागी हुनु नै भूल जस्तो लागेर पछुताउनु परेको छ ।
खै के कुरामा सरकार छ र ? आज एक गास खानालाई त जनतालाई सकस पर्दा खोजिखवारी गरेन । एक माघले त जाडो पक्कै पनि जादैन नै याद होस् सरकार जुन ठाउमा हजुरहरुलाई हामीले पु¥याएको हामी अहिले सडकको बाँस हुनु प¥यो त्यो दिन सबैको आउने छ ख्याल गर्नु ।
धन्य, भगवान नै भगवानको मूर्ति भएको । यो निस्ठूरी काठमाण्डौ रहेछन यस्तो कोरोनाले गर्दा आज ल्याएर भरे छाक टार्नेहरुको दैनीकी नै बर्वाद हुने ठाउँमा मान्छेहरुको घर जोडीएको भए पनि मन एकदमै टाढा भएको ठाँउ ।
कस्तो विरानो स्थान हो ! पर्दा खेरी कसैले कसैलाई वास्ता नगर्ने । कति धेरै आपराधिक घटनाहरु घटे मान्छेको ज्यानै गयो आखिर मानता हो नि किन आज मान्छेले विर्सेर्को ! सरकारले त यस्तो कुरामा केही ध्यानै छैन खाली को कुन मन्त्रालयको मन्त्री बन्ने सालासाली, सम्धी सम्धीलीलाई कुन पदमा नियुक्ति दिनेमा नै सीमित रहयो ।
सरकारलाई कुनै कुराको नै अभाव छैन किन कि यही पापी हातले ५ वर्षका लागि हामीले त्यो स्थानमा पु¥याएका छौं । कुनै कुराको संकोच नमानी सरकार मस्त निन्द्रामा छ । जनताहरु भोगले आकुल व्याकूल भएको अवस्थामा सरकार पक्षले कुनै कुरामा जनताको पक्षमा ख्याल नै राखेन ।
एउटा भरिया दाइ आफ्नो पेटमा खानाको सट्टा नाम्लो बाधेर हिड्नु प¥यो, र एउटी ठेलामा सागसव्जी बेच्ने दिदी आफ्नो खाली ठेलाको छेउमा बसेर विलौना गर्दै बस्नु अर्को कारुनीक वास्ताविकताहरु यि आखाले दखेर रात भरि पीडाले अनिदो भएको अवस्था छ।
तर त्यस्तो हुँदा पनि सरकार मस्त नै निन्द्राम नै छ । आखिर के का लागि र कसका लागि सरकार हजुर ? विपत पर्दा गरिवलाई गरिवीले छोडेन त भोक भोकै मर्नुपर्दैन बस्नु पर्दैन त हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले हामी सडकमा बसेर पानी विनाको माछी जस्तो हुँदा पनि भनि रहनु भएको यो वास्तवितता हो ।
मन्त्रीज्यू हिजोको लडाइ के आखिर कुर्सीको नै त रहेछनी कतिलाई अङ्गभङ्ग बनायौं, कतिलाई टुहुरो बनायौ, कतिको सिंउदो पुछिदियौं अझै व्याथा उस्तै छन, कतिलाई सरकारी काम किन गरेको भनेर कतिको घरमा मनमा आगो लगाइदियौ अझै निको भएको छैन महोदय !
त्यो समयको आन्दोलनको घाउ तिमीहरुको कुर्सिको लडाइ गरि रहदा अझै ति तल्लाघरे लाहुरेनी आमाको आँखा रसाउन छोडेका छैनन माथिल्ला घरे त्यो समयका (सुव्वासाप) सचिवज्यूको छातिमा तिमीहरुले हानेको लाठीको नीलडाम बल्झि रहेको छ ।
यस्ता घटनाहरुले त कहिल्यै कसैका आँखा ओभाना भएका छैनन् त्यो समयमा बुर्जुवा शिक्षा भनेरर स्कुलमा पढाउदै गरेको शिक्षकलाई लगेर ज्यूदै गोली ठोक्थ्यौ तर आज आधुनीक शिक्षाले के दियो सरकार बाउले उठाउन नसक्ने ऋण कारेर छोराछोरीलाई आधुनीक शिक्षा पढाउनु भएको छ ।
तर आज आएर त्यो सर्टिफिकेट सिरानीमा राखेर आज मोवाइलमा पव्जी, टिकटक बनाएर दिन गएको छ आखिर बेरोजगार बनाउनकै लागि किन शिक्षालाई संकुचित रुपमा राखिएको हो । अनगिन्ती यस्तो बाध्यता छन तर सरकारलाई के थाहा छ र यहा क्रान्तिको नीलडाम कति गहिरो छ त त्यो भोग्नेलाई मात्रै थाह छ । आज आएर यस्तो अवस्था भोगेर जनताहरुको पीरमार्कालाई मलम लगाउनुको सट्टा अझ घाउमा चुक छर्ने काम भइरहेको छ ।यस्तो संस्कार किन हामीले विकास गर्दैछौं ।
सरकार मन्त्रिमण्डल परिवर्तन गर्ने गर्ने भजनकृतनमा भ्याईनभ्याइ छ कसलाई कुन मन्त्रालय दिदा मन्त्रालयको विषय वस्तुसँग केन्द्रिय भए र काम गर्न सक्छ भन्ने निर्यौल गर्न सक्नु पर्छ ।
कुनौ मन्त्रिलाई कृषि मन्त्रालयको जिम्मा दिने अनि कृषकलाई कुन समयमा मल चाहिन्छ, कसरी मल लगायत कृषि जन्य वस्तुहरु सहज रुपमा आयात निर्यात गर्न सकिन्छ भन्ने कुराहरुको पनि ध्यान दिन सकियोस त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिने अनि बजारमा एक दिन भारतबाट प्याज नआउदा नै बजार भाउ किन आकासिन्छ भन्ने कुराको राम्रोसंग अध्ययन नगरी खाली व्यापारीलाइ मात्रै गाली गर्ने र जनतालाई नै प्याज नखानु भनेर मन्त्रालयको र मन्त्रीको काम के त ?
यस्ता कमजोरीपन भएका मन्त्रीहरु अहिले पनि मस्त निन्द्रामा नै छन अव ब्यूंझनू प¥यो जनताको ऋण छ सरकार कहिले चुक्ता गर्छौं त । यसरी आदर्शवादी भाषणले त देश ढुवी सक्यो त नेपाल गरिव छ भनेर कति भीख मागेर आफ्नो बैङ्कमा धन लुकाउछौं हो । आवश्यकता अनुसार सबै कुराहरुलाई समयमा चलाउन सक्नुपर्छ ।
सधै भरि जनताले यो स्थान दिदैनन बुझ्नु चेतावनी हो, २ तिहाइ भनेर र के गुणगान गाएर मात्रै बस्ने हो त काम चाहि गर्नुपर्यो ।
अव रेलका कुरा गरेर हैन, पानीजहाजका कुरा गरेर हैन, घरघरमा पाइपबाट ग्यासको पाइप ल्याउने कुरा गरेर हैन सरकार अव कृषि प्रदान देश भनेर चिनिने हाम्रो देश नेपालमा खाना नपाएर रोगले भन्दा पनि भोगले सताउन थाले पछि आफ्नो जन्म भूमिमा फर्किएङ्का नेपाली नागरिकलाई श्रम गरेर खाने वातावरण वनाइदेउ यसरी सधै मस्त निन्द्रामा ननिदाउ सरकार हामी सर्वसाधरणको विनम्र अनुरोध ।