ताजा समाचार:
Search

प्रशारण लाइनको ढिलाइका कारण मिस्त्रीखोला आयोजना प्रभावित

ठाकुरप्रसाद आचार्य/विकल्प
म्याग्दी,फागुन ३० गते ।

प्रशारण लाइन निर्माणको ढिलाईले पाँच वर्ष अघि सूरु भएको यहाँको एक जलविद्युत आयोजनाको काम ठप्प भएको छ ।
जिल्लाको दानामा केन्द्रिय विद्युत प्रशारण लाईनको सबस्टेशन निर्माणमा ढिलाई हँुदा नारच्याङ गाविसमा निर्माणधिन अवस्थामा रहेका ४२ मेघावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको काम प्रभावित बनेको आयोजनाले जनाएको छ ।

रोवस्ट ईनर्जी प्रा.लि लाई ऊर्जा मन्त्रालयले २०६८ कात्तिकमा ३५ वर्षका लागि विद्युत् उत्पादनको अनुमति दिएको हो । आयोजना निर्माणका लागि जग्गा अधिग्रहण, बाँध रहने स्थानसम्म सडक र मोटरेबल पुल निर्माणको काम सम्पन्न गरिसकेको छ ।

२०७३ जेठ ३ गते आयोजनाबाट विद्युत् उत्पादन गर्ने गरी प्रवद्र्धक रोवस्ट र प्राधिकरणबीच २०६७ मा विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएको थियो । सम्झौता भएलगत्तै कार्यक्षत्रमा पूर्वाधार निर्माणमा जुटेको आयोजना प्रशारण लाइन निर्माणमा ढिलाई र पछिल्लो समय इन्धन अभावका कारण निरन्तरता दिन नसकिएको आयोजनाले जनाएको छ ।
प्रसारणलाइन समयमा नबनेपछि आयोजना पछि धकेलिएको हो । कालिगण्डकीमा म्याग्दीको दानादेखि बुटबलसम्म २२० केभी क्षमताको ११५ किलोमिटर लामो प्रसारणलाइन बनाउनुपर्ने हुन्छ । आयोजनाले विद्युतगृहबाट दाना स्वस्टेसनसम्म जोड्न ४ किलोमिटरमात्र प्रसारणलाइन बनाउनुपर्ने हुन्छ ।

mirshikhola haedro pawer
सबस्टेशनको अभावमा उत्पादीत विद्युत खेर जाने अवस्था भएपछि आयोजनाको सुरुङ, विद्युतगृह, बाँध लगायतका सिभिल निर्माणको काम सुरु गर्न नसकेको रोवस्ट ईनर्जी प्रा.लीका लेखापाल राजेन्द्र शर्माले बताउनुभयो । पछिल्लो समय भारतिय नाकबन्दीका कारण इन्धन अभाव हुँदा आयोजनाको काम अगाडी बढाउन नसकिएको शर्माले बताउनुभयो । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइनको कामलाई अगाडी बढाएको छ, लेखापाल शर्माले भन्नुभयो, ‘एकमहिना भित्रमा हाम्रो आयोजनाको काम पनि सुरु गर्ने तयारीमा छौ ।’
नेपाल विद्युत प्राधिकरणले दानामा कालीगण्डकी करिडोर अन्तरगतको २२० केभी प्रशारण लाईनको विद्युत सबस्टेशन निर्माणमा ढिलाई गर्दा मिस्त्री खोला आयोजना लगायत निर्माणको चरणमा रहेका अन्य आयोजनाहरुलाई असर परेको छ । यस क्षेत्रमा मात्र एकदर्जन आयोजनाहरु निर्माणको चरणमा रहेका छन् ।
पाँच अर्ब ६० करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनाको विद्युतगृह रहने नारच्याङ बेशीदेखि निलगिरी र घलेम्दी खोलाको दोभानमा रहेने बाँधसम्म ६ किलोमिटर सडक र तिन वटा बेलीब्रिज निर्माण भैसकेको छ ।
यसैगरी नेपाल ईन्भेष्टमेन्ट बैङ्कबाट ७० करोड, जलविद्युत विकास कम्पनीबाट एक अबर, नेपाल बैंकबाट ५० करोड, नविल बैंकबाट एक अरब, लक्ष्मी बैंकबाट ४० करोड, सिद्धार्थ बैंकबाट ३० करोड र एस डेभलभमेन्ट बैंकबाट ३० करोड ऋण लगानीका लागि सम्झौता भएको छ ।

विद्युत प्राधिकरणले दाना सब स्टेशन निर्माणका लागि ठेक्का सम्झौता गरिसकेकाले आयोजनाको पनि सुरुङमार्ग निर्माण सुरु गर्ने तयारी भएको शर्माले बताउनुभयो । उहाँका अनुसार ३१ म्हिनामा सब स्टेशन निर्माण सम्पन्न गर्ने विद्युत प्राधिकरणको लक्ष्य रहेकाले आयोजनाको काम पनि संगै सम्पन्न गर्नेगरी तयारी भैरहेको छ ।