बुधबार १०८१ नयाँ संक्रमित थपिए

विकल्प न्यूज/बेनी
भदौं २४ गते । बुधबार देशभर गरेर १०८१ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा देश भरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ । ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् ।