ताजा समाचार:
Search

म्याग्दीका ६ वटै स्थानीय तहमा कांग्रेसको संगठन निर्माण

विकल्प न्यूज/बेनी
पुस ५ गते ।
नेपाली कांग्रेस म्याग्दीले जिल्लाका सवै स्थानीय तहमा संगठन निर्माण गरेको छ । स्थानीय तह अनुसार काँग्रेसले एक नगरपालिका सहित पाँच स्थानीय तहमा नेतृत्व चयन गरेको हो । नेतृत्व चयन सँगै ६ वटै स्थानीय तहमा काँग्रेसको संगठन निर्माण भएको हो । संघियतामा मुलुक गएपनि काँग्रेसले पार्टी संगठनलाई लैजान सकेको थिएन ।

यसै विच शनिबार बेनी नगरपालिकाको भेलाबाट नगर सभापतिमा अनोद श्रेष्ठ चयन हुनुभएको छ । नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा यामबहादुर बानियाँ, सचिव हरिप्रसाद पौडेल, उमा शर्मा रिजाल, सहसचिव बद्री पौडेल सहित २५ सदस्यीय कार्यसमिति चयन भएको छ । प्रथम नगर अधिवेशनको उद्घाटन गदैं पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ ले नगरपालिकालाई विषेश प्राथमिकता सहितको पार्टीका अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिका भित्रका जनताका समस्यालाई समाधान गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिनुभएको थियो ।

सोही अवसरम नगर अधिवेशनका संयोजक एवम् निर्वतमान सभापति रेशमबहादुर बानियाँले कमीकमजोरीको आत्मसमिक्षा गदैं पार्टीका गतिविधिमा सामुहिक सक्रियता आवश्यक रहेको बताउनुभयो ।

प्रथम अधिवेशनको अवसरमा नगरपालिका भित्रका १ देखि १० वडासम्मका प्रतिनिधिले आफ्नो वडाभित्रका समस्याका बारेमा जानकारी समेत गराएका थिए । अधिवेशनमा पार्टी उपसभापति माधवप्रसाद रेग्मी, पुर्व सहअध्यक्ष नेत्रबहादुर महत, सचिव मिनबहादुर कार्कीले मन्तब्य राखेका थिए ।

भेला उपसंयोजक एवक् नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगाएतले आफ्नो धारणा राखेका राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नगरसभापति श्रेष्ठ, स्वागत उपसभापति बानियाँ र सञ्चालन सचिव पौडेलले गर्नुभएको थियो ।

यसअगाडी सम्पन्न अधिवेशनबाट धवलागिरी गाउँपालिका सभापतिमा प्रेम बहादुर पुन, मालिका गाउँपालिका सभापति खिमबहादुर पुन, मंगला गाउँपालिका सभापति नरसिंह केसी, रघुगंगा गाउँपालिका सभापति जीवन मल्ल र अन्नपूर्ण गाउँपालिका सभापति बेलबहादुर पूर्जा चयन भइसक्नुभएको छ ।