पब्लिक भिजनको गत आवमा ५२ लाखको कारोबार

विकल्प न्यूज/बेनी
मंसिर ७ गते ।
पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको साधारणसभामा बोल्ने बक्ताले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको बताएका थिए । साधारणसभाको उद्घाटन गदैं ज्येष्ठ सदस्य अंगत श्रेष्ठले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सुचना प्रवाहमा सहज भएको बताउनुभयो ।

उहाँले नयाँ प्रविधिसँगै केवलले समेत आफ्नो सेवालाई परिमार्जित गर्नुपर्ने बताउनुभयो । साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गदै संस्थाका अध्यक्ष टंक हमालले प्रविधिको चूनौतीले सेयर सदस्यलाई प्रत्यक्ष असर गरेको बताउनुभयो । उहाँले गुणस्तरीय सेवाका लागि प्रतिबद्ध रहेको बताउँदै नयाँ चुनौतीको सामाना गर्ने गरी नयाँ सेवाहरुमार्फत आउने बताउनुभयो । साधारणसभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी बुद्धि बहादुर श्रेष्ठलाई नगद ५ हजार ५, दोसल्ला सहित सम्मान गरिएको थियो ।

साधारणसभामा कोषाध्यक्ष बिरबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।साधारणसभामा लाइन विस्तार गरिएका क्षेत्रमा केवललाई प्राथमिकता दिने, इन्टरनेट सेवा सञ्चालन लगाएत संस्थालाई प्रभावकारी बनाउन आवश्यक पर्ने क्षेत्रमा पहल गर्ने साधारणसभाले अनुमोदन गरेको संस्थाका प्रबन्धक नवराज पौडेलले बताउनुभयो । साधारणसभाको अध्यक्षता अध्यक्ष टंक हमाल, स्वागत उपाध्यक्ष लक्ष्मण शर्मा, सञ्चालन सचिव धुव्रराज कार्कीले गर्नुभएको थियो ।

साधारणसभामा संस्थापक अध्यक्ष मुक्ती रोकाले नयाँ सेवा विस्तारको आवश्यकतालाई जोड दिनुभएको थियो । २०६५ सालमा स्थापना भएको केवल नेटवर्कको कुल सेयर सदस्य ४०६ बाट १ करोड २५ लाख ५२ हजार सेयर पुँजी सङ्कनल गरेको छ । गत आर्थिक बर्षमा कुल ५२ लाख कारोबार गरेको केवलले बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सेवा विस्तार गरेको छ ।