चार दिनदेखि अवरुद्ध बेनी – जोमसोम सडक खुल्यो

विकल्प न्यूज/बेनी
भदौं २५ गते । पहिरोले सडक भासिएपछि चार दिन देखि अवरुद्ध बनेको बेनी –जोमसोम सडक बुधवार साँझबाट खुलेको छ । म्याग्दी र मुस्ताङको सीमाना घोप्टेभिरमा सडक भासिएपछि अवरुद्ध बनेको सडक चार दिनपछि सुचारु भएको हो । नेपाली सेनाको सहयोगमा विष्फोटक पर्दाथ प्रदार्थ प्रयोग गरेर सडक निर्माण गरिएको ।

कालिगण्डकी नदी कटानका कारण १० मिटर सडक बगेको थियो । अफठ्यारो भुगोलमा सडक भासिएपछि यातायातलाई सुचारु गर्न निकै कठिनाई भएको थियो ।

भिर पहरामा सडक भत्कीएकाले भिरमा बिष्फोटक पदार्थको प्रयोग गरि नयाँ ट्याक निर्माण गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर रिता बरुवालले जानकारी दिनुभयो ।
सडक खुले सँगै मुस्ताङ भ्रमणमा जाने र फर्किने पर्यटकहरु, तिर्थयात्री र सर्वसाधारणलाई सहज भएको छ ।