अन्नपूर्ण गाउँपालिकाको ७ औलमा सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज/बेनी
जेठ १२ गते ।

जिल्लाको उत्तरी अन्नपूर्ण गाउँपालिकाले वडा तहमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र सेवाप्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो,सुझाव र अपेक्षा सकंलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा आइतवार वडा नम्बर ७ हिस्तानको औलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले गाउँपालिकाबाट विनियोजन भएका टुक्रे योजनाहरुको उपलब्धी नभएको भन्दै आगमी वर्ष देखि टुक्रे योजनालाई कटौती गर्नुपर्ने माग गरेका छन् ।

यसै गरी सार्वजनिक सुनुवाई कार्यक्रममा शहभागीहरुले योजना सम्झौता र फस्र्यौटको अवधिलाई छोट्याउनु पर्ने, कर्मचारीको अभावमा पनि गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाहलाई सहज बनाउनुपर्ने । स्वास्थ्यचौकीको भवन निर्माणमा भएको ढिलासुस्ती, निर्माण गरिएका सडकहरुको स्तरउन्नतीलार्ई गाउँपालिकाले ध्यान दिनुपर्र्ने, सामाजिक सुरक्षा भत्तालाई घरघरमा पुगेर वितरण गर्नुपर्ने, बैसरी औल जोड्न सडकको ट्याक निर्माण लाई आवश्यक वजेट विनियोजन गर्नुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्नुपर्ने लगायतका मागहरु राखेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले सहभागीहरुको जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गाउँपालिकाले दुइवर्षको अनुभवबाट आगमी योजनाहरु दिगो,प्रभावकारी र उपलब्धीमुलक बनाउन लागिपरेको बताउनुभयो । त्यसका लागि वडा तहमा योजना छनौंट गर्दा वडाका जनप्रतिनिधि र समुदायले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
महिला युवा लगायत लक्षित समुदायलाई सीप विकास र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताउँदै उपाध्यक्ष मगरले यसलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र प्रगतिको वारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले चालु आर्थिक वर्षमा गाउँपालिकाबाट एकसय ९४ वटा पूर्वाधार र प्रवद्र्धनात्मक योजनाहरु सञ्चालन भइरहेको र अधिकांश योजना अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको थियो । साथै अधिकृत शर्माले गाउँपालिकाबाट विनियोजित योजनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि,कर्मचारी र समुदायलाई उहाँको अनुरोध थियो ।
कार्यक्रममा वडा अध्यक्ष ओमबहादुर फगामीले भौगोलिक रुपमा छरिएर रहेको वस्ती र कर्मचारी अभावका कारण वडाको विकास निर्माण र सेवाप्रवाह सहज बनाउन चुनौती भएको बताउनुभयो ।

गाउँपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णप्रसाद बरुवाल,सामासिजक विकास समितिका संयोजक ओमप्रसाद फगामी, शिक्षा शाखाका भरत पुनले शहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष केशमाया मगरको अध्यक्षता,सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्री र सदस्य प्रताप बानियाँले गर्नुभएको थियो ।