अन्नपुर्णकाे शिखका युवा युवतीलाई कुक तालिम

विकल्प न्युज /सेते तिलिजा पुन
शिख चैत ८ गते । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको पर्यटकीय गाउँ शिखका युवा युवतीहरुका लागि आयोजित कुक तालिम सुरु भएको छ ।

नेपाल सरकारको आर्थिक सहयोगमा प्राबिधिक तथा व्यवसायिक सिप तालिम केन्द्र ९सिटिइभिटी०को अन्तरगत धौलागिरि प्राबिधिक शिक्षालय मुस्ताङको आयोजनामा सुरु भएको तालिममा १० जना युवा र १० जना युवतीको सहभागिता रहेको छ ।

स्थानीय बेरोजगार युवायुवतीहरुमा सिपको विकास गरि होटल तथा रेष्टुरेन्ट क्षेत्रमा आवश्यक जनशक्ति तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष दिनेशकुमार तिलिजाले बताउनुभयो । ६५ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न खानाका परिकार तयार पार्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सिप प्रदान गरिने भएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ नम्बर वडामा पर्ने शिख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को भुरुङतातोपानी–घोडेपानी रुटमा पर्छ ।