ताजा समाचार:
Search

लेकफाँटको गिद्धेश्वरमा महायज्ञ

विकल्प न्यूज/जलजला
फागुन ६ गते ।जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ ।

धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले शनिबार उद्घाटन गरिएको महायज्ञमा आइतबारदेखि प्रवचन सुरु भएको हो ।

पण्डीत कमलनयन गौतमले धार्मिक प्रवचन गर्नुभएको महायज्ञको पहिलो दिन आठ लाख सात हजार ५१७ रुपैयाँ सहयोग जुटेको मूल आयोजक समितिका सचिव कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मूल आयोजक समितिका अध्यक्ष सुवेदार भिमबहादुर जिसीले दुई लाख पाँच हजार १०५ रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी भरतपुर चितवनका योगेन्द्र सुवेदीले एक लाख ५१, देवेन्द्र सुवेदीले एक लाख पाँच हजार, डिलकुमारी सुवेदीले ५० हजार ५००, चितवन रामपुरका प्रेमप्रसाद सापकोटाले ४६ हजार ५०५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

जलजला ५ का महानन्द सरस्वतीले २५ हजार ४५, भरत जिसीले बीस हजार, पोखरा मालेपाटनका राजाराम रेग्मीले पाँच हजार पाँच, हर्कबहादुर जिसीले बिस हजार पाँच, टेकबहादुर जिसीले १५ हजार ५, आयोजकबाट एक लाख ८८ हजार ५७१ र अन्य सहयोग छ हजार ७२५ रुपैयाँ प्राप्त भएको छ ।

सात दिनसम्म सञ्चालन हुने महायज्ञको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष मल्लले जलजला गाउँपालिकाका धार्मिक पर्यटकीय स्थलहरुको विकासका लागि गुरुयोजना बनाएर कार्यान्वयनका लागि समुदायसँग मिलेर अघि बढ्ने बताउनुभयो ।

महायज्ञबाट स्रोत जुटाएर वृद्धाश्रम समेत सञ्चालन गर्ने योजना रहेको स्थानीयबासी समेत रहनुभएका जलजला गाउँपालिकाका सल्लाहकार याम शर्माले बताउनुभयो ।