ताजा समाचार:
Search

बगरफाँटमा आयोजित महायज्ञमा एकै दिन पन्ध्र लाख संकलन

बिकल्प न्युज/बेनी
पुस २२ गते । जलजला गाउँपालिका २ बगरफाँटमा सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित महायज्ञको छैटौ दिन शनिबारसम्म ३१ लख ६२ हजार ९४६ रुपैयाँ सहयोग संकलन भएको छ ।

शुक्रबार पाँचौ दिनसम्म १६ लाख ९० हजार ३३३ रुपैयाँ संकलन भएको महायज्ञको छैटौ दिन शनिबार एकै दिन थप १५ लाख दुई हजार ३१३ रुपैयाँ सहयोग जुटेको महायज्ञ मुल आयोजक समितिका सदस्य नविन जिसीले जानकारी दिनुभयो ।

शनिबार बगरफाँट जनजाती समूहले ७५ हजार ५५०, जिबनबहादुर विश्वकर्माले ५१ ह्जार १११, तेजबहादुर बरुवालले ५१ ह्जार १११, धनबहादुर बरुवालले ५१ ह्जार १११ र धनबहादुर केसीले ५१ ह्जार १११ रुपैयाँ सहयोग गर्नुभएको छ ।

बगरफाँटमा रहेको सिद्धबाबा प्रा.विमा निजी स्रोतका शिक्षकको तलबभत्ताको व्यवस्थापन, भौतिक र शैक्षिक गुणस्तरका साथै विद्यालयको तह थप गर्नका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सोमबारदेखि महायज्ञ सुरु भएको थियो ।

यसअघि बेनीका निर्माण व्यवसायी नारायण जिसीले एक लाख ११ हजार १११, मुल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले एक लाख पाँच हजार ५५५ र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको थियो ।

पुष २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित कमलनयन गौतम प्रमुख बाचक रहनुभएको छ । हाल कक्षा १ सम्मको पठनपाठन सञ्चालन हुने सिद्धबाबा आधारभुत विद्यालयको तह थप, निजी शिक्षकको तलब व्यवस्थापन र भौतिक पूर्वाधार सुधार गर्न आयस्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको अध्यक्ष हिराबहादुर बरुवालले बताउनुभयो ।

करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटमा सामुदायिक विद्यालय नहुँदा त्यहाँका बालबालिकाहरु अध्ययनका लागि म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेका विद्यालयमा आउने गरेका छन् ।

बस्ती विकास हुदै गएको बगरफाँटमा कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयको आवश्यकता महशसु गरेर तह थप गर्दै लैजाने उद्देश्य अनुसार अघि बढीएको २ नम्बर वडाका अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।