विकल्प न्यूज/पर्वत
पुस १४ गते । पर्वत जिल्लाको सदरमुकाममा रहेको जिल्ला अस्पताल परिसरमा शनिवार सरसफाई गरिएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी,जनप्रतिनिधि,अस्पताल विकास समितिका पदाधिकारी र कर्मचारीहरुले सरसफाई गरेका हुन ।
सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले सर्वसाधारणहरुले सेवा लिने अस्पताललाई सफा र स्वच्छ बनाउनुपर्ने बताउनुभयो । भएको पहिलो दिनको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, डाक्टर तथा स्पतालको कर्मचारी परिवारको सहभागिता रहेको थियो । अस्पताल सरसफाई कार्यक्रम आगामी महिनादेखि महिनाको पहिलो शुक्रवार बिहान ७।३० बजे सञ्चालन गर्ने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।
पहिलो दिनको सरसफाईमा अस्पताल परिसर सरसफाई गर्नुका साथै एउटा फुल बंगैचा निर्माण गर्ने काम सम्पन्न भएको छ ।