महिला फुटवलको खेलाडी छनौंट

विकल्प न्यूज/बेनी
कार्तिक ३० गते । 46338593_906051386254095_6959309546078601216_oआगमी मंसिरको २१ देखी २८ गते सम्म पाँच नम्बर प्रदेशमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि म्याग्दीबाट महिला फुटबलका लागि खेलाडी छनौट भएका छन्। जिल्लाबाट फुटबल प्रतियोगितामा सहभागिता जनाउन शुक्रवार बेनीमा छनौट खेलको प्रतियोगिता मार्फत दुइजना वैकल्पीक सहित १८ जना खेलाडीहरु छनौंट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । छनौट भएका खेलाडीहरु गण्डकी प्रदेशबाट शहभागी जनाउन ११ जिल्ला विच प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका क्रममा अनुशासन र खेलप्रतिको लगाव देखाएर प्रतियोगितामा सहभागी हुन खेलाडीहरुलाई अध्यक्ष विश्वकर्मा आग्रह गर्नुभयो । उहाँले जिल्लालाई चिनाउ खेलाडीहरुले उच्च मनोबलका साथ खेल खेल्न अनुरोध गर्नुभयो । गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा हुने प्रतियोगिताका लागि अहिले जिल्ला जिल्लामा खेलाडीहरु छनोट भैरहेको जनाइएको छ । छनौट खेलमा जिल्लाभरबाट २८ जना महिला खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, कबड्डी, कराँते, एथ्लेटिक्स, व्याटमिन्टन, टाइगन्टु र उसतर्फको खेलमा महिला/पुरुष तथा टेबुलटनिस र बास्केटबल प्रतियोगितामा पुरुषको मात्रै हुने बताइएको छ । यसअघि वास्केटभलका लागि खेलाडीहरु छनौंट भइसकेका छन् । बाँकी खेलहरुको पनि खेलाडीहरु चाँढै नै छनौंट हुने जनाइएको छ ।