कुईनेमंगलेका बाढी पीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

विकल्प न्यूज/बेनी
भदौ ३० गते ।   ritung mavi (8)  रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेका बाढी पीडितलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाले पुर्ण क्षतिलाई २५ हजार, आंशिकलाई १५ हजार, जोखिमयुक्त रहेर बसाई सरेका ७ घरपरिवारलाई नगद र बल्याङकेट र त्रिपाल उपलब्ध गराएको हो ।
गाउँपालिकाको विपद ब्यवस्थापन टोलीले प्रभावित क्षेत्रको स्थलगत निरिक्षण र क्षति विवरण संकलन गरि पीडितहरुलाई राहत वितरण गरेको हो । बाढीले कटानले पुर्ण क्षति भएका खरीबोटका ७९ बर्षिय चन्द्रबहादुर छन्त्याललाई २५ हजार र आशिंक क्षति भएका यामबहादुर छन्याल १५हजार, बेलबहादुर र चन्द्रबहादुर छन्त्याललाई १०÷१० हजार, भक्तिप्रसाद छन्त्याल ८ हजार र भक्तिप्रसाद विकलाई ६ हजार, शिक्षकहरुलाई ६ हजार र बल्याङकेट, त्रिपाल उपलब्ध गराएको उपाध्यक्ष कमला तिलिजाले जानकारी दिनुभयो । rahat (5)गाउँपालिका अध्यक्ष भण्डारीले क्षतिको विवरण संकलन गरि पीडितहरुलाई प्रारम्भिक राहत उपलब्ध गराउदै थप क्षति हुन नदिन सर्तकता अपनाउन आग्रह गरिएको बताउनुभयो । भण्डारीले रोकीएको पढाईलाई सुचारु र जनजिवनलाई सहज बनाउन प्रदेश र केन्द्र सरकारबाट पहल गर्ने बताउनुभयो । ritung mavi (3)विद्यालयको भवन कटानको जोखिममा रहेकाले कक्षा १० सम्मको पठनपाठन हुने १७५ जना विद्यार्थी अध्ययनरत रितुङ माविमा हुने पठनपाठन दुई हप्ताका लागि बन्द गरिएको रितुङ माविका प्रअ खिमबहादुर छन्त्यालले बताउनुभयो । ritung mavi (11)रघुगंगा नदीमा आएको बाढीले सामुदायिक, स्वास्थ्य चौकी, झोलुङ्गे पुल, सडक, खेलमैदान, पैदलमार्ग, विद्युत मन्दिरमा क्षतिले कुईनेमंगलेको जनजीवन प्रभावित भएको वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो । विद्यालय पठनपाठन सुचारु गर्न र आवातजावात सहज बनाउन तत्काल बाटो निर्माण गर्नुपर्ने बताउदै सहयोग गरिदिन वडा अध्यक्ष छन्त्यालले आग्रह गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष तिलिचा, वडा अध्यक्ष छन्त्याल, गाउँपालिका राहत ब्यवस्थापन समितिका सदस्य सचिव टिका शाहीले वाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो । प्रभावित क्षेत्र पुगेर आउनुभएका धिरन खत्रीले तयार पार्नुभएको हो ।