ताजा समाचार:
Search

जलजलाको लस्तीबजार जोखिममा

विकल्प न्यूज/जलजला
साउन ३० गते । lasti bazar 3 लस्ती खोलामा आएको बाढीका कारण पर्वतको लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ ।

हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका जलजला– ८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए । ‘दुवै वडाका १३१ घर बाढीबाट जोखिममा परेका छन्,’ उनले भने । lasti bagarसाउन एक गते यहाँ पहिरो र बाढीका कारण एक जनाको मृत्यु भएको थियो भने तीन घाइते भएका थिए । विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् । lasti bazar 1बस्ती संरक्षणका लागि दिगो योजनाको आवश्यकता रहेको जलजला–७ वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । तटबन्ध निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए । कटानका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक पनि जोखिममा छ । (रासस) अनलाइनखबर

तस्विर ठाकुरप्रसाद आचार्य