म्याग्दी विकास मञ्चको अध्यक्षमा पुन निर्वाचित

सन्दीप शर्मा/विकल्प न्यूज
साउन १३ गते ।

DSC_0073म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकास पुन निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न प्रथम साधरणसभा तथा अधिवेशनबाट पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । प्रथम उपाध्यक्षमा प्रमोद श्रेष्ठ,द्धितिय उपाध्यक्ष विजय श्रेष्ठ,महासचिव कुविर कुमार श्रेष्ठ, कोषाध्यक्ष टंक हमाल,सचिव लोकेश पुन मगर,सह कोषाध्यक्ष जिवनवहादुर विश्वकर्मा चयन हुनुभएको छ । यसै गरि सदस्यहरुमा सिर्जना भट्चन,विष्णु गुरुङ,सिर्जना श्रेष्ठ,शेर वहादुर केसी,रमेश गिरी,दिनेश नारायण श्रेष्ठ,सुन्दरमान शेरचन र सुवर्ण रिजाल निर्वाचित हुनुभएको छ । 37886253_1752434181459498_552858962119098368_n अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेनी पुनले म्याग्दीका युवाहरुले विदेश जाँदा गर्ने ठुलो रकम उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्राकृतिक स्रोतसाधनको समुचित उपयोग गर्न सकेमा म्याग्दीलाई चाँढै नै समृद्ध बनाउन सकिने उहाँको भनाई थियो ।

मन्त्रि पुनले गण्डकी प्रदेशललाई प्रदेश सरकारले समृद्ध प्रदेश बनाउने अभियान सञ्चालन गरेको बताउँदै प्रदेश सरकारले सञ्चालन गरेकोे समृद्ध गण्डकी प्रदेश अभियानमा युवाहरुले विदेशमा हैन स्वदेशमा लागानी गरेर सहयोग गर्नु पर्ने उहाँको भनाई थियो ।37925787_1871738376205895_5881307002851819520_nउहाँले नेपालमा पुँजी, सीप तथा प्रविधिको प्रयोग गर्ने अनुकूल वातावरण सरकारले बनाएकोे बताउँदै विदेशमा रहेका नेपाली लाई समेत जन्मभूमिमा निर्धक्क लगानी गर्न आग्रह गर्नु भयो । प्रदेश सरकारले गाउँघरमा नै रोजगारी, युवाहरुलाई ब्यवाहारीक सीप प्रदान गरी एक स्थानीय तह एक उद्योग लगाएतका कार्यक्रम ल्याएको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य विनोद केसीले जिल्ला, प्रदेश तथा राष्ट्रको विकासका लागि सरकारले ल्याएको कार्यक्रममा सबै जनताले हातेमालो गरेर अगाडी बढाउनु पर्ने बताउँनुभयो । उहाँले देशको विकासका लागि स्वदेशिका साथसाथै विदेशी पुँजीलाई लगानी गर्ने वातावरण मिलाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी लीलाधार अधिकारी, धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल र मंगला गाउँपालिकाकी उपाध्यक्ष सृजना केसी, बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण सुबेदीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

साधारणसभा मञ्चका अध्यक्ष तेजप्रकाश पुनको अध्यक्षता तथा स्वागत, कोषाध्यक्ष टंक हमालको आर्थिक प्रतिबेदन, बरिष्ठ उपाध्यक्ष प्रमोद श्रेष्ठको समापन तथा मञ्चका सचिव कुविरकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।