धाइरिङको स्वास्थ्यचौकीलाई एकै परिवारबाट एकलाख पाँचहजार सहयोग

विकल्प न्यूज/जलजला
साउन ९ गते । 37694373_1269927413149613_4440036808629157888_oउत्तरी पर्वतको जलजला गाउँपालिका ७ धाइरिङको स्वास्थ्य चौकीलाई स्थानीय एक समाजसेवीले एकलाख पाँचहजार रुपियाँ सहयोग गर्नुभएको छ ।

धाइरिङ सल्यानका तुलसीराम उपाध्यायले स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि जग्गा खरिद गर्न उक्त रकम सहयोग गर्नुभएको हो ।

नयाँ सुविधा सम्पन्न भवन निर्माणका लागि गाउँलेहरुले २० लाख रुपियाँमा दुइरोपनी जग्गा खरिद गरेको वडा अध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो । स्थानीयस्तरमा चन्दा सहयोग संकलन गरेर उक्त रकम जुटाइने उहाँले बताउनुभयो ।

यसै गरि सल्यानकै मोतिलाल उपाध्यायको परिवारबाट ७७ हजार सात सय ७७,पुस्पराज पौडेल,७५ हजार एकसय ७५,टिकाबल्भ उपाध्याय, ७५ हजार एकसय ५५,कुलपति उपाध्याय २५ हजार पाँच,प्रमानन्द आचार्य,२५ हजार पाँच,रत्नवहादुर केसी,२५ हजार पाँच,नारायण प्रसाद उपाध्याय २० हजार पाँच,मन वहादुर दमाई,२० हजार पाँचसय र बलभद्र गिरी १५ हजार एकसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ ।

त्यस्तै धर्म गिरि १५ हजार एकसय ५५,टेक नारायण आचार्य,१५ हजार एकसय ७७,माधवप्रसाद आचार्य १५ हजार पाँच,हिमलाल रिजाल १५ हजार एकसय पाँच,खिमप्रसाद पौडेल १५ हजार एकसय ५५,केशव पौडेल १५ हजार,टेक बहादुर हमाल १५ हजार,खिम प्रसाद पौडेल १५ हजार,उमानाथ पौडेल ३० हजार,वेदनाथ आचार्य(गोपाल) १५ हजार,रमेश आचार्य १५ हजार,कृष्ण प्रसाद आचार्य १५ हजार,लाल कुमारी गिरि १५ हजार पचास,लाल वहादुर विक १५ हजार १५,यामलाल विक १५ हजार ५५,होम वहादुर खत्री १५ हजार पाँचसय ५ र महानन्द पौडेल,१५ हजार सहयोग प्राप्त भएको छ ।

यसै गरि नन्दलाल शर्मा १५ हजार पाँच,गणेश आचार्य १५ हजार,प्रकाश आचार्य १५ हजार,हरिप्रसाद पौडेल,१५ हजार,पुरुसोत्तम सुवेदी १५ हजार,वुद्धिप्रसाद सुवेदी १५ हजार,कृष्ण सुवेदी १५ हजार,धर्म आचार्य १५ हजार,शेषकान्त आचार्य १७ हजार पाँच,लालकुमारी गिरि १५ हजार पाँच सय ५५,गौरीश्वर उपाध्याय १५ हजार,नारायण दत्त शर्मा १५ हजार,कमलापति आचार्य एकहजार,शिव पौडेल १५ हजार,चन्द्र वहादुर विक १५ हजार ५५ रुपियाँ सहयोग गर्नुभएको छ ।

गाउँमा सुविधा सम्पन्न स्वास्थ्यको नयाँ भवन भन्ने भएपछि गाउँलेहरुले उत्साहित भएर सहयोग गरेको आर्थिक सहयोग संकलन अभियानका सदस्य हरिप्रसाद आचार्यले बताउनुभयो । देश तथा विदेशमा रहेका धाइरिङवासीहरुलाई सहयोगका लागि आह्वान गरिएको आचार्यले बताउनुभयो ।