ताजा समाचार:
Search

सरकारी कारोवारलाई पारदर्शी बनाउन विद्युतिय भूक्तानी

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी,१७ असार । kolenika (2)छिटो, सरल, सहज र पारदर्शीताको लागि प्रयोग गरिएको विधुतिय भुक्तानी म्याग्दीमा पारदर्शी भएको छ। महालेखा नियन्त्रयण कार्यालयको सहयोगमा चैत २२ गतेदेखि म्याग्दीमा सुरु भएको विद्युतिय भुक्तानीको सहजता, प्रविधिमा भएको समस्या र सुधारबारे आईतबार बेनीमा अन्तक्रिया गरिएको हो ।

कोष नियन्त्रण कार्यालयको आयोजना भएको अन्तक्रिया कार्यक्रममा कोष नियन्त्रक छविन्द्र वेलवासेले विद्युतिय भुक्तानीको प्रयोगले छिटो, मानविय हस्तक्षेप कम, सरल र मितब्यापी भएको बताउदै प्रविधिको प्रयोग गर्दै कार्यालयको गतिविधिलाई पारदर्शि बनाउन आग्रह गरेका थिए ।

वेलवासेले विद्युतीय प्रणालीबाट टेलिफोन, खानेपानी, विजुली, अग्रिम कर कट्टी, सञ्चय कोष जस्ता सेवाहरु प्रदान गरिने बताउदै स्पष्ट रुपमा विवरण कोलेनीकामा पठाउन कार्यालयलाई आग्रह गरेका थिए । विधुतिय भुक्तानीले चेक च्यातिने, हराउने, विग्रने र पुन चेक जारी गर्ने समस्याको अन्त्य छ ।

त्यसैले विधुतिय भुक्तानीलाई प्रभावकारी सेवा प्रवाहको रुपमा विकास गर्न कर्मचारीले प्रविधिमा अभ्यास गर्नुपर्ने बताए । उनले विधुतिय भुक्तानीको प्रयोगमा हुने नीति नियमबारे जानकारी गराएका थिए ।

सरकारी कार्यालय प्रमुख, लेखा प्रमुख, निर्माण व्यवसायी तथा पत्रकार उपस्थित भएको कार्यक्रममा जिल्ला न्याधिश राजकुमार कोइरालाले निरन्तर अभ्यास मार्फत प्रविधिलाई सरल बनाउन सकिने बताउदै विद्युतिय भुक्तानीमा भएको साना समस्यालाई सम्वन्धित क्षेत्रको सुझाव लिएर समाधान गर्न कर्मचारीलाई आग्रह गरेका थिए । विगतमा हुने आर्थिक अनियमितताको आरोपलाई कम गर्ने भन्दै विधुतिय भुक्तानीले पारदर्शिता दिने बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सुशासनलाई प्रभावकारी कार्यान्वयन गर्न प्रविधिमैत्री हुन आग्रह गर्दै विधुतिय प्रविधिको आवश्यक ज्ञान सिक्न आग्रह गरेका थिए ।
विभिन्न कार्यालयका कर्मचारीले विद्युतिय भुक्तानी प्रयोगमा रहेको समस्याहरुबारे राखेको गुनासोको जवाफ कोष नियन्त्रक वेलबासेले दिएका थिए ।