ताजा समाचार:
Search

चट्याङ लागेर घारमा एक जनाको मृत्यु

विकल्प न्यूज/बेनी
म्याग्दी १२ जेठ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार साँझ परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । साँझ पाँच बजेतिर गोठमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएको घारको नेयालपानेका ५५ वर्षिय प्रेमबहादुर बरुवालको उपचारको क्रममा मृत्यु भएको शिख घार प्रहरी चौकीका प्रमुख दिपक क्षेत्रीले बताउनुभयो ।

आफन्त र प्रहरीले घटनास्थलबाट घरमा लगेर स्वास्थ्यकर्मीको निगरानीमा प्राथमिक उपचार गरी थप उपचारका लागि बेनीतर्फ पठाउने तयारी गरिरहेको अवस्थामा निधन भएको क्षेत्रीले बताउनुभयो ।