ताजा समाचार:
Search

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा एकिकृत घुम्ती शिवीर

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पोखरेबगर,जेष्ठ ११ गते ।

????????????????????????????????????

म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् ।
शिवीरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरि सुभारम्भ गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढा मगरले संयुक्त रुपमा नागरिकताको प्रमाणपत्र प्रदान गरि शिवीरको औपचारिक सुरुवात गर्नुभएको थियो ।

????????????????????????????????????

त्यसैगरि शिवीरको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको टोलीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण एवम औषधी वितरण र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट समेत आयुर्वेदीक उपचार सेवा प्रदान गरिएको छ । महिला तथा बालबालिका कार्यालयले अपांगता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेका छन् ।

त्यस्तै जिल्ला भुःसंरक्षण, बन, कृषि, पशु सेवा, सिचाई सब डिभिजन, मालपोत, नापी, विद्युत , खानेपानी तथा सरसफाई सब डिभिजन, जिल्ला प्राविधिक, घरेलु तथा साना उद्योग विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य विमा बोर्ड लगायतका कार्यालयहरुले आ–आफ्नो सुविधा एवम परामर्श सेवालाई शिविरबाटै प्रदान गरिएको छ । उक्त अवसरमा आएका नागरिकहरुलाई जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामुलक भिडियो पर्दशनी गरेको छ ।

????????????????????????????????????

ग्रामीण भेगका नागरिकहरुलाई पायक पर्ने ठाउँमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । उहाँले आगामी साता मालिका र धौलागिरि गाउँपालिकालाई समेटेर दरबाङमा समेत घुम्ती शिविरको आयोजना गरिएको बताउनुभयो ।

????????????????????????????????????

त्यस्तै अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन पुनले गाउँपालिका भित्र नागरिकता लिन नसकेकाहरुको सख्ंया बढी रहेको अवस्थामा गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर आयोजना गरि नागरिकलाई सहज तरिकाले सेवा प्रवाह भएको बताउनुभयो । भौगोलिक रुपमा विकटता रहेको अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुले एकै ठाउँबाटै बहु सेवा लिन पाउँदा खुसी भएका छन् ।