ताजा समाचार:
Search

न्यून आय भएका कृषकलाई अदुवाको विउ वितरण

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २० बैशाख । Aduwa (2)न्यून आय भएका कृषकको आयआर्जन वृद्धि र जिविकोपार्जनमा सुधार ल्याउन सघाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले अदुवाको विउ वितरण गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रले उपलब्ध गराएको बोसे जातको बिस क्विन्टल अदुवाको विउ छ वटै स्थानीय तहका कृषकहरुलाई वितरण गरेको हो ।

बेनीमा बिहीबार आयोजित कार्यक्रममा संघका अध्यक्ष उत्तम कर्माचार्य, बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईली, संघका दितृय उपाध्यक्ष राजेश शाक्यले नगर तथा गाउँपालिकाले सिफारीस गरेका कृषकलाई वितरण गर्नुभएको थियो ।

वडा कार्यालयको सिफारिसमा उपलब्ध गराएको बिउ एकबर्ष भित्र गाउँकै अर्का समुहलाई हस्तान्तरण गर्नुपर्ने भएको छ । एक वडाका पाँच जनाका दरले प्रति कृषक २५ किलोसम्म विउ उपलब्ध गराइएको छ । म्याग्दीमा ४५ वटा वडा छन् ।