तीनसय बर्ष पूरानो गुठी समस्याबारे मन्त्री पुनको ध्यानाकर्षण

गोपाल छन्त्याल/बेनी ।
बैशाख १ गते । DSC_1010 म्याग्दीको भगवति, पिप्ले र दोवा क्षेत्रमा तीन सय बर्ष पुरानो गुठी जग्गाको समस्या समाधान गर्न स्थानीयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक  मन्त्री थपमाया थापाको ध्यानाकर्षण गराएका छन् ।

शनिबार भगवतिस्थित मैदानमा रघुगंगा वडा नम्बर २ को कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा स्थानीय समाजसेवी देवेन्द्र बहादुर मल्लले पीडितहरुको तर्फबाट मन्त्री पुनलाई ज्ञापनपत्र बुझाउँदै ३ सय बर्ष पूरानो गुठीको जग्गा समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

स्थानीयको ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले गुठीको जग्गा समस्या जटिल रहेको भन्दै त्यसबारे माथिल्लो स्तरमा कुराकानी गरिने बताइन् । ‘पहिला पनि यो समस्या समाधानका लागि केहि पहल भएको हो । DSC_1012यसलाई निस्कर्षमा पु¥याउन जरुरी छ’, उनले भनिन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, रघुगंगा गाउँपालिका प्रमुख भब बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो।

प्रमुख भण्डारीले गुठीको समस्या समाधानका लागि गाउँपालिकाको पहिलो गाउँसभा मार्फत माथिल्लो तहमा दबाब दिने र अहिलेसम्म लागेको कर हटाउन माग गर्ने निर्णय गरिएको बताए ।

उक्त कार्यक्रम वडा अध्यक्ष रिम बहादुर कटुवालले वडा कार्यालयले गर्दै आएको कार्यक्रमका साथै रुईसे भेडीओडारको पर्यटकीय संभावना बारे जानकारी गराएका थिए ।