सन्तोष गौतम/विकल्प न्यूज
भगवती २७ चैत । रघुगंगा गाउँपालिका २ भगवती स्थित स्वास्थ्य चौकी व्यवस्थापन समितिको मंगलबार पुर्नगठन भएको छ । नयाँ संरचना अनुसार वडा अध्यक्ष रिमबहादुर कटुवाल अध्यक्षमा चयन हुनुभएको समितिले पूर्णता पाएको हो ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी संरक्षक रहनुभएको समितिको उपाध्यक्षमा नरबहादुर भण्डारी, सदस्यहरुमा वडा सचिव बलराम पौडेल, स्थानीय ब्यापारीक संस्थाको तर्फबाट देवेन्द्रबहादुर मल्ल, किरोशीको तर्फबाट आकृती खत्री, गाउँपालीका अध्यक्षको सिफारीसमा लब्ध प्रतिष्ठित मध्यबाट अमृता भण्डारी, मुक्तीधाम मावीका प्रअ अमर केसी र आमन्त्रीत सदस्यमा धु्रब केसी चयन हुनुभएको छ ।
स्वास्थ्य चौकीका ईञ्चार्ज प्रदिपकुमार दास सदस्य सचिव रहनुभएको समितिको सल्लाहकारमा जिसस प्रमुख देवेन्द्र केसी, थामबहादुर भण्डारी, चेतनाथ सुवेदी, श्रीकृष्ण रीजाल, बिन्दु भण्डारी रहनुभएको छ । गाउँपालीकाका स्वास्थ्य संयोजक टिकाबहादुर शाही र अनमी जयन्ती पौडेलको सहजिकरणमा सम्पन्न कार्यक्रममा गाउँपालीका अध्यक्ष भण्डारीले सरोकारवालाहरुसंग समन्वय गरि प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जिम्मेवार बन्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।