सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ चैत । धौलागिरी बस व्यवसायी समिति अन्तरगतको म्याग्दी कोरला ट्राभल्स एण्ड मुभर्स प्रा.लीले सोमबार देखि बेनी काठमाडौ रुटमा अत्याधुनिक सुबिधा सहितको बस सेवा सुरु गरेको छ । बेनी र काठमाडौबाट एकैसाथ दुई वटा बस छुटाएर सेवा सुरु गर ेको प्रालीले थप चार वटा बस, जिप, माईक्रोबस, ट्याक्सी सेवा समेत सुरु गर्ने तयारी भएको जनाएको छ । डिलक्स, एसी, फ्रि वाईफाई, शौचालय, लकर, कफी लगायतको सुबिधा रहेको छ । तिस जना क्षमताको बसमा बेनी देखि काठमाडौसम्म प्रतियात्रु एक हजार रुपैयाँ भाडादर तोकीएको छ । बस सेवाको बेनीमा उद्घाटन गर्नुहुदै प्रदेशसभा सदस्य बिनोद केसीले यातायात पेशालाई व्यवस्थित र मर्यादीत बनाई पर्यटन विकासमा जोड्नुपर्ने बताउनुभयो ।
उहाँले झन्झटिलो नीतिगत व्यवस्थाको अन्त्य र ब्याजदर परिवर्तनको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । धौलागिरी बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीको अध्यक्षता, प्रा.लीका अध्यक्ष सुरत केसीको स्वागत र सञ्चालक प्रकाश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यात्रुहरुलाई सहज र अत्याधुनीक सुबिधा दिने उद्देश्यले सेवा सुरु गरेको प्रा.लीका सञ्चालकहरुले बताएका छन् ।