सन्तोष गौतम/विकल्प न्यूज
बेनी १० चैत । म्याग्दीमा पछिल्लो आठ महिनाको अवधिमा २५ जना क्षयरोगी पहिचान भएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालयले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत साउन देखि फागु न सम्म १४ जना सर्ने र ११ जना नसर्ने किसीमका क्षयरोगी पहिचान भएको जानकारी गराइएको हो ।
कार्यालयका क्षयकुष्ठ निरिक्षक मनिष महतोले ५६ जना क्षयरोगी पहिचान गरि उपचारको पहुँचमा ल्याउने लक्ष्य रहेकोमा आठ महिनामा २५ जना पहिचान भएको बताउनुभयो । गत आर्थिक वर्ष २०७३७४ मा ३५ जना सर्ने र ४० जना नसर्ने किसीमको क्षयरोगीको पहिचान र उपचार गरिएको महतोले बताउनुभयो ।
बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, भुरुङ तातोपानी र शिख स्वास्थ्य चौकीमा क्षयरोग पहिचान तथा जिल्लाका सबै स्वास्थ्य संस्थाबाट निशूल्क औषधि उपलब्ध गराउने व्यवस्था रहेको छ । बिरामी पहिचान नहुने र पहिचान भएका बिरामीले नियमित औषधि सेवन नगर्ने समस्या क्षयरोग निदानका लागि चुनौती देखिएको बेनी अस्पतालका डाक्टर बिराट शमाृले बताउनुभयो ।
क्षयरोगी पहिचान गरि उपचारको पहुँचमा ल्याउनका लागि विभिन्न ठाउँमा घुम्ती शिवीर र जनचेतनामुलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो । यस वर्ष धौलागिरी गाउँपालिकाको गुर्जा, रघुगंगाको दग्नाम र मालीकाको निस्कोटमा क्षयरोगी पत्ता लगाउन शिवीर सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले क्षयरोगबाट बच्न र उपचार सेवा लिनका लागि स्वम बिरामी अग्रसर तथा सचेत हुनुपर्ने बताउनुभयो । माईक्रो ब्याक्टेरीयम ट्युबरकोलोशिस नामक किटाणुको संक्रमणका कारण लाग्ने क्षयरोग छ महिनासम्म नियमित औषधि सेवन गरेपछि निको हुन्छ ।
सरकारले क्षयरोगीको उपचारमा पहुँच बढाउन मासीक पाँच सय रुपैयाँ भत्ताको समेत व्यवस्था गरेको छ । भौगोलिक बिकटता, चेतनाको कमी, स्वास्थ्य संस्था टाढा हुनु जस्ता कारणले क्षयरोगी पहिचान गर्न समस्या भएको हो ।
बिरामी पहिचान र नियमित औषधी सेवन नगर्दा धेरै जनामा रोग सर्ने खतरा हुन्छ ।
२ हप्ता भन्दा बढी खोकी लाग्नु, खकारमा रगत देखिनु, अस्वभावीक रुपमा तौल घट्नु, साँझपख नियमित ज्वरो आउने, छाती दुख्ने जस्ता लक्ष्यण देखिएमा निजकैको स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गराउनुपर्ने डाक्टर शर्माले सुझाव दिनुभयो ।
धु्रमपान गर्ने, कुपोषीत बच्चा, एचआईभी एड्स संक्रमीत, लागु पदार्थका सेवनकर्ता, चिनीरोग भएकालाई क्षयरोगको किटाणुको संक्रमण हुने सम्भावना बढी हुन्छ ।