विकल्प न्यूज/जलजला
माघ २७ गते । पर्वतको जलजला गाउँपालिकाका एक जना जनप्रतिनिधिले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर जन्मदिन मनाउनुभएको छ ।
जलजला १ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले ३० औ जन्मदिनको अवसरमा बाँसखर्कमा रहेको जनज्योती र देउराली आधारभुत तथा ज्योती मण्डल माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो ।
जनज्योतीका २६, ज्योती मण्डलका १९ र देउरालीका ११ जना विद्यार्थीहरुलाई स्टेशनरीका साथै ज्योती मण्डलमा आकस्मीक र प्राथमिक उपचारको व्यवस्था मिलाउनका लागि व्यक्तिगत रुपमा तिन हजार रुपैया उपलब्ध गराउनुभएको छ । यसैगरी धाईरीङको कालीगण्डकी गौशालालाई एक सय केजी दाना पनि सहयोग गर्नुभएको छ ।