यातायात व्यवसायी महासंघको केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी

विकल्प न्यूज/बेनी
माघ २० गते । 26991876_1646899178690205_2939517261275425309_nचितवनमा सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ अधिवेशनबाट केन्द्रीय सदस्यमा म्याग्दीका यातयात व्यवसायी सुमन श्रेष्ठ बिजयी हुनुभएको छ ।
शुक्रवार सम्पन्न महाधिवेशनमा प्रदेश नं ४ को केन्द्रीय सदस्यमा श्रेष्ठ अत्याधिक मतले विजय हुनुभएको हो । म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव समेत रहेका श्रेष्ठ ले १२० मत प्राप्त गरि बिजयी हुनुभएको हो ।

यातायात व्यवसायी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष समेत रहेका श्रेष्ठ म्याग्दी जीप तथा बस सञ्चालक समितिमा सचिब र म्याग्दीकाली यातायात व्यवसायी समितिमा समेत आबद्ध हुनुहुन्छ ।