म्याग्दी जेसीजको अध्यक्षमा विश्वकर्मा

विकल्प न्यूज/बेनी
माघ २० गते । jcj

म्याग्दी जेसीजको वर्ष २०१८ को अध्यक्षमा कमल विश्वकर्मा निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न जेसीजको १९ औ बार्षिक साधारणसभा तथा अधिवेशनबाट बरिष्ठ कार्यकारीणी उपाध्यक्ष सैलेश श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा खम थापा र भरत रकाल, महासचिव विरेन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचीत हुनुभएको हो ।

उपाध्यक्षमा अर्जुन पौडेल, भिमनाथ शर्मा, दिनेश बानियाँ, सन्दिप खत्री, शाखा सम्पादक भुपेन बानिया, सहसचिव सुमन बानियाँ र सह कोषाध्यक्षमा विष्मा श्रेष्ठ चयन हुनुभएको छ । निर्वतनमान अध्यक्ष नारायण बराल र कानुनी सल्लाहकार भिमसेन बराईली चयन हुनुभएको छ ।

बिधान अनुसार अध्यक्षले कोषाध्यक्ष, सहसचिव र सहकोषाध्यक्ष मनोनित गर्ने व्यवस्था रहेको छ । सन १९९९ मा स्थापना भएको म्याग्दी जेसीजले युवा हरुको नेतृत्व तथा क्षमत्ता विकास, खेलकुद र कला संस्कृतीको संरक्षण तथा सामाजिक गतिबिधि गर्दै आएको छ ।