मुस्ताङमा हिमपात

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १० माघ । Mustang Ma Himpat 2हिमाली जिल्ला मुस्ताङमा बुधबार हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो ।

लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् ।
हिमपातसंगै हुरीबतास पनी चलेको जोमसोमका देउबहादुर बिकले बताउनुभयो । एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि पोखरा जोमसोम हवाई उडान अवरुद्ध भएको छ । बेनी जोमसोम सडकको मुस्ताङ खण्डमा सवारी साधन चलेका छैनन् ।
मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको स्थानीयबासीले बताएका छन् । हिउँ परेपछि स्याउ खेती फस्टाउने, जौ, गहुँ, उवा, फापर बालीमा सिचाई हुने भएकाले कृषक खुसी भएका हुन् । म्याग्दीको उच्च स्थानमा रहेको धौलागिरी गाउँपालीका १ गुर्जा र घोडेपानीमा पनी हिउँ परेको छ । पर्यटकहरु हिउँ खेल्न पाउँदा दंग परेका छन् । तस्विर नवराज सुवेदी, जोमसोम