ताजा समाचार:
Search

अनेमसंघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न

विकल्प न्यूज/बेनी
पुस १५ गते ।

maoistनेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारीको शनिबार बेनीमा सम्पन्न प्रथम नगर सम्मेलनबाट अम्बिका ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन भएको छ ।
कमिटिको उपाध्यक्षमा दिलमाया सार्की, सचिवमा शोभा खड्का, सहसचिवमा बिष्णु बोहोरा, कोषाध्यक्षमा बिजुला किसान बानिया, सदस्यहरुमा आशा नेपाली हिमा छन्त्याल, जुना केसी, राजकुमारी परियार, सुमित्रा पौडेल, माया नेपाली, सपना दर्जी तारा बोहोरा लगायत रहनुभएको छ ।
अनेमसंघ क्रान्तिकारीको नगर सम्मेलन आयोजक समितिका संयोजक अम्बिका ढुङ्गानाको अध्यक्षता र सुनिता सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेल, बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी, नगर कमिटि उपाध्यक्ष तथा प्रदेशसभा सदस्य बिनोद केसी र अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष ज्योती लामीछाने पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।