ताजा समाचार:
Search

म्याग्दीका जनप्रतिनिधिका ७ महिना

विकल्प न्यूज/बेनी
पुस १३ गते । old vdc new wards

म्याग्दीका स्थानीय तहको कार्यशैली सुस्त देखिएको छ । जनप्रतिनिधि निर्वाचित भएको सात महिनासम्म पनि स्थानीय तहले विकास निर्माणलाई गति दिन सकेका छैनन् । जनताको अपेक्षा अनुसार जनप्रतिनिधिहरुले काम गर्न सकेका छैनन् ।

कर्मचारीको कार्यशैली नफेरीदा जनताले शुसासनको अनुभुती गर्न पाएका छैनन् । जनप्रतिनिधि आफ्नो अधिकार प्रयोग गरेर जनतालाई राहत, सेवा, सुबिधा दिने सवालमा अलमलीएका छन् । केही स्थानीय तहमा उपभोक्ता समिति गठन देखि योजना कार्यान्वयनमा चरम राजनीतिक हस्तक्षेप र बिवाद देखिएको छ । भने कतिपय जनप्रतिनिधिहरु सदरमुकाममै दिन विताउने गरेका छन् । केही गाउँपालिका कार्यालय र वडा कार्यालयहरु सदरमुकाम बेनीबजार मै छन् ।19511418_1039992042798682_954100279366440371_nपरम्परागत कर्मचारी प्रशासन, नयाँ संरचना र समन्वयको अभावमा म्याग्दीका स्थानीय तहले अपेक्षाकृत रुपमा विकासको कामलाई गति दिन सकेका छैनन् । राजनीतिक र प्रशासनीक नेतृत्वबिच तालमेल अभाव देखिएको छ । सदरमुकाम स्थित कार्यालयमा कर्मचारी काम नपाएर घाप तापेर दिन बिताएका छन भने स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती भएको छ ।

कार्यशैलीमा परिवर्तन नआउँदा कर्मचारीले चलाउँदाको र अहिलेको अवस्थामा खासै भिन्नता नभएको सर्वसाधारण बताउँछन् । नयाँ संरचना, क्षेत्राधिकार र नीतिगत अस्पष्टताका कारण कर्मचारी र जनप्रतिनिधि अझै अन्यौलमा छन् । योजना निर्माण प्रक्रियामा सम्बन्धित कार्यालय र स्थानीय तहबिच समन्वय अभावमा बिषयगत कार्यालयले सञ्चालन गर्ने योजना तथा कार्यक्रममा मन्त्रालयले पठाए अनुसार बजेट बिनियोजन हुन सकेको छैन् ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयानाथ शर्माले शिक्षा, स्वास्थ्य, कृषि, पशु, आर्युवेद लगायत कार्यालयबाट स्थानान्तरण भएर आएका कर्मचारीहरुसंग घुलमिल भएर काम गर्न नसकेको बताउनुभयो । नगरपालिकाभित्र विषयगत शाखाका कर्मचारीको लागि कार्यकक्षको अभाव भएकाले उनिहरुले पहिलेकै कार्यालयबाट काम गर्दै आएका छन् । Dhaulageri Gaupalika 2प्रमुख प्रशासकीय अधिकृत शर्माले ठूला बजेटका योजनाको ठेक्का प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो । बेनी पात्लेखेत सडक कालोपत्रे, खुल्ला मञ्च खेलमैदान र नगरपालिकाको भवनमा तला थप गर्ने योजनाको ठेक्काका लागि बोलपत्र आव्हान भएको छ । उपभोक्ता समिति मार्फत हुने योजनाको प्राबिधिक सर्वेक्षण र सम्झौतालाई तिब्रता दिइएको नगरपालिकाले जनाएको छ ।

गत असारमा भएको प्रथम नगरसभाले ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट पारीत गरेको थियो । नगरपालिकाको सबै वडाका कार्यालय व्यवस्थित भएपनि ४ नम्बर वडामा सचिव नहुँदा अर्को वडाकाले काम चलाउदै आएका छन् । बेनी बजारको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साईट निर्माण गर्न साठी लाख रुपैयाँ बिनियोजन भएपनि जग्गा पहिचान हुननसक्दा कसरी र कहाँ काम गर्ने भन्ने अन्यौल छ ।beni nagarनगरप्रमुख हरिकुमार श्रेष्ठले नीतिगत अन्यौलताका कारण काम गर्न अप्ठ्यारो भएपनि नगरसभाले पारित गरेको योजना कार्यान्वयनलाई तिब्रता दिइने बताउनुभयो । प्रदेश र संघीयसभाको चुनाव भएकाले क्षेत्राधिकार सम्बन्धि अन्यौलता हट्ने र काम गर्न सजिलो हुने बताउनुभयो ।

बाहीरी जिल्लामा कार्यालय भएका केही विषयगत कार्यालयले समन्वयमा बेवास्ता गर्दा अप्ठ्यारो परेको उहाँले बताउनुभयो । सन्तुष्ट हुन नसकेपनि बिवादरहित, पारदर्शी र प्रक्रियासंगत ढङगले विकासको कामको गति बढाइने नगरप्रमुख श्रेष्ठको भनाई छ । नगरपालिकाले ल्याण्डफिल साईटको जग्गा खोजीलाई तिब्रता दिनुका साथै एकिकृत सम्पत्तीकर लागू गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । Dam Bahadur PUN

रघुगंगा गाउँपालिकाले सडक स्तरवृद्धिका आयोजनालाई नमुनाको रुपमा अघि बढाएको छ । ५ नम्बर वडामा पर्ने झिँ देखि ६ नम्बर वडाको पाखापानी जोड्ने झिँ पाखापानी सडकलाई फराकीलो बनाउन लागेको हो ।

बेनी नगरपालिका–१० पात्लेखेत र रघुगंगा गाउँपालिकाको वडा नम्बर ५ झिँको सिमाक्षेत्र आरानटोलदेखि झिँ हुँदै झिगु्रङसम्मको करिब ३ किलोमिटर सडकलाई फराकिलो बनाउने काम सम्पन्न भईसकेको गाउँपालिकाका सब–ईञ्जिनियर कमल चोखालले बताउनुभयो । Bhab Bahadur Bhandariगाउँपालिकाले यस खण्डमा सडक फराकिलो बनाउन ३८ लाख बजेट बिनियोजन गरेको थियो । सो बजेटबाट यस अघि ३ देखि ४ मिटरसम्म चौडाई भएको सडकलाइ अहिले न्युनतम १० मिटर फराकिलो बनाईएको सब–ईञ्जिनियर चोखालले जानकारी दिनुभयो ।

झिगु्रङदेखि पाखापानीतर्फ समेत सडक पराकिलो बनाउने काम भईरहेको वडा अध्यक्ष मनकुमार शेरपुजाले बताउनुभयो । पाखापानी– कमनाथ–कोटगाउँ हुँदै रायखोर सडक मर्मत तथा नयाँ ट्याकको लागि चालु आर्थिक बर्षमा गाउँपालिकाले ४५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

एक महिनाभित्रमा पाखापानीसम्मको सडक फराकिलो बनाउने काम सम्पन्न हुने वडा अध्यक्ष शेरपुजाले बताउनुभयो । डोजर लगाएर सडकलाई फराकिलो बनाउने कार्यसंगै नाली, खटान भएको ठाउँमा पक्की पर्खाल र ग्याविन जाली लगाउने काम समेत संगसंगै अगाडी बढाईएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

‘‘भौगोलिक विकटताले गाउँपालिकामा सडक सञ्जाललाई नै प्रमुख प्राथमिकता दिएका छाँै, पुराना सडकको स्तरोन्नती संगै नयाँ ट्याक निर्माण कार्यले तिब्रता पाएको छ,’’–गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो । अहिलेसम्म विस्तार भएको सडकलाई फराकिलो बनाउने काम सम्पन्न भईसकेपछि मात्रै कोटगाउँ र रायखोरतर्फको सडकमा नयाँ ट्रयाक विस्तार गरिनेछ ।

सडक साँघुरो हूँदा एकतर्फी रुपमा मात्रै सवारी साधन सञ्चालन हुने र दुर्घटनाको जोखिम समेत बढीरहेको अबस्थामा न्युनतम १० मिटर चौडाको सडक निर्माणले सवारी साधन आवत जावत गर्न सहज हुने वडा अध्यक्ष शेरपुजाले बताउनुभयो । यसैबिच चालु आर्थिक बर्षमा नै ठाडखानीको उमी देउरालीदेखि कुईने जोड्ने सडकलाई समेत १० लाख रुपैयाँ बजेट विनियोज गरेको छ ।

त्यस्तै गाउँपालिकाले दग्नामदेखि दरमिजा–चिमखोला हुँदै कुईनेमंगले जोड्ने सडकलाई समेत प्राथमिकतामा राखेर काम थालेको छ । यो सडक निर्माण गर्ने क्षेत्रमा कडा चट्टान पर्ने भएकाले दग्नाम र चिमखोला दुबैतर्फबाट एकैसाथ सडक निर्माण सुरु हुन लागेको गाउँपालिकाले जनाएको छ ।
यस सडकमा गाउँपालिका र तिन वटै वडाबाट गरि कुल रु ७९ लाख बजेट विनियोजन भएको गाउँपालिका प्रमुख भण्डारीले बताउनुभयो । सडकसंगै यस बर्ष बजेट विनियोजन भएको विभिन्न ठाउँमा झोलुङ्गे पुल, टेलिफोन टावर लगायतका योजनाहरुको समेत निर्माण कार्य सुरु हुने चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।

उता अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि प्रत्येक वडामा कोष स्थापना गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा मंगलबार पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको बैठकले प्रत्येक वडामा कोष स्थापनाका लागि एकएक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ

आठ वटै वडामा अप्ठ्यारोमा परेका गर्भवती, सुत्केरी महिला र गरिब विपन्नको उपचारमा सहयोग गर्नका लागि कोष स्थापना गर्न पहिलो चरणमा एकएक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको गाउँ कार्यपालिकाका प्रवत्ता तथा वडा न. ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

कार्यबिधी बनाएर कोषबाट सुत्केरी हुनका लागि स्वास्थ्य संस्था तथा अस्पताल पुग्न नसक्ने गरिब विपन्न बर्गका महिलाहरुलाई यातायात खर्च वापत सहयोग गरिने प्रवत्ता बरुवालले बताउनुभयो । बैठकले गाउँपालिकाका विभिन्न योजनाहरुका लागि बजेट समेत बिनियोजन गरेको छ ।

हिस्तान राम्चे सडक स्तरवृद्धिका लागि पचास लाख रुपैयाँ बिनियोजन भएको छ । चित्रेदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माणका लागि दश लाख रुपैयाँ बिनियोजन गरेको छ । उक्त योजनाका लागि ६ नम्बर वडा कार्यालयले यसअघि पाँच लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

नारच्याङको बेशी गाउँदेखि लेकगाउँ जोड्ने सडकको ट्याक खोल्न बिस लाख रुपैयाँ बिनियोजन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा सञ्चालन हुने छैटौ म्याग्दी महोत्सवलाई दुई लाख रुपैयाँ बिनीयोजन गरेको गाउँपालीकाले पुष ८ गते भुरुङ तातोपानीमा आयोजना गरिएको निशूल्क मुटुरोग शिवीरका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रत्येक वडाका महिला र दलित समुदायको क्षमता तथा नेतृत्व विकाससंगै शसक्तीकरणका लागि चेतनामुलक कार्यक्रम गर्न दुई लाख चालीस हजार रुपैयाँ बिनियोजन गरेको छ । अपाङ्गता परिचयपत्र वितरणका लागि पुष २१ र २२ गते गाउँपालिकाको केन्द्र पोखरेबगरमा घुम्ती शिवीर सञ्चालन गर्ने भएको छ ।

महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय गरेर शिवीर सञ्चालनका लागि एक लाख रुपैयाँ बिनियोजन गरेको छ । हालसम्म अपाङगता परिचयपत्र प्राप्त गर्न नसकेका गाउँपालिकाका सबै वडाका अपाङगता भएका नागरिकहरुलाई लक्षित गरेर शिवीर सञ्चालन गरिने प्रबक्ता बरुवालले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका शिक्षकहरुले समयमा तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको लापरबाहीका कारण दुई महिना ढिला गरेर तलब पाएका हुन् । शिक्षकहरुले प्रत्येक चौमासीकमा तलब बुझ्ने गर्छन् । साउन, भदौ, असोज र कात्तिक महिना तथा दसै पेश्की समेतको तलब पाउनुपर्नेमा गत असोजमा तिन महिनाको मात्रै पाएका थिए । दुई महिनाबराबरको तलब पुषमा पाएका हिमाञ्चल माविका प्रअ रमन पुनले बताउनुभयो ।

विभिन्न वडाबाट पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गर्न आएका सेवाग्राहीले दुई, तिन दिन कुर्नुपरेको गुनासो गरेका छन् । कर्मचारीले झुलाउने गरेको राम्चेका चित्र तिलीजा पुनले बताउनुभयो । जनप्रतिनिधिले समेत गुनासोको सुनुवाई गरेर सेवा प्रवाहलाई छिटो छरितो बनाउन बेवास्ता गरेको उहाँको गुनासो छ ।

उता मंगला गाउँपालिकाका कर्मचारीहरुले महिना महिनामा पाउनुपर्ने तलब तिन महिनासम्म कार्यकारी अधिकृतले बिनाकारण रोकेर राखेको गुनासो गरेका छन् ।