म्याग्दीमा सात जनाको जमानत जफत

विकल्प न्यूज/बेनी
पुस ४ गते ।

eleम्याग्दीमा समानुपातीक निर्वाचन प्रणाली अन्तरगत प्रतिनिधिसभाको दश र प्रदेशसभाको १४ प्रतिशत मत बदर भएको छ ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर भएको हो । निर्वाचन आयोगले हरेक निर्वाचनमा करोडौ खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेपनी प्रभावकारी नुहँदा बढेको बदर मतको दरले साक्षरता अभियानप्रती पनी प्रश्न उब्जाएको छ ।

मंसिर १० गते पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा प्रत्यक्षको तुलनामा समानुपातीक तर्फ बदर भएको मतसंख्या धेरै देखिएको छ । ७५ हजार ५३७ जना मतदाता रहेको म्याग्दीमा ४७ हजार ४४९ मत खसेको थियो ।

समानुपातीकको प्रतिनिधिसभातर्फ ४० हजार ५२६ र प्रदेशसभामा ४२ हजार ६१६ मत सदर भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो । समानुपातीको प्रतिनिधीसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार २८६ (४.८१) र दुई वटै प्रदेशसभामा एक हजार ४८३ (३.१२) प्रतिशत म तबदर भएको छ । प्रत्यक्षतर्फ उमेद्वार नभएको दलको चुनाव चिन्ह नभएकाले तुलनात्मक रुपमा बदर मतको संख्या कम छ भने समानुपातीकमा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै पानाको तल र माथी रहेकाले मतदाता अलमलमा परेका थिए ।

स्वमसेवक र राजनितिक दलका कार्यकर्ताहरुले सहि तरीकाले मतदान गर्ने तरीका सबै मतदातालाई नसिकाउँदा बदर मत बढी भएको हो । बदर मतले चुनावी परिणामलाई समेत प्रभावीत बनाउने बताईन्छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले स्वमसेवक परिचालन गरेको थियो ।

जिल्लामा १०६ मतदान केन्द्र थिए । मतदाता शिक्षा स्वयमसेवकको तलबभत्ता र प्रचार सामाग्री छपाईमा निर्वाचन आयोगले करोडौ बजेट खर्च गरेको छ । यसैबीच म्याग्दीका ७ जना उमेद्वारको घरौटी जफत भएको छ ।

प्रत्यक्षतर्फ सदर भएको मतको दश प्रतिशत मत प्राप्त नगरेका उमेद्वारको जमानत जफत भएको हो । चुनावमा बिजयी भएका बाम गठबन्धनका तिन र प्रतिस्र्धीको रुपमा रहेका लोकतान्त्रीक गठबन्धनका तिन जनाको मात्र जमानत फिर्ता भएको छ ।

प्रतिनिधीसभातर्फ उमेद्वार बनेका राप्रपा एकिकृतका रामबहादुर शाही, मंगोलियन नेशनल अर्गनाईजेशनका रनबहादुर फगामी, राष्ट्रिय जनमुक्ती पार्टीका तिलकबहादुर थापा, राष्ट्रिय जनमोर्चाका फौजबहादुर कार्की र नयाँ शक्तिका नारायण शर्माको जमानत जफत भएको हो ।
प्रदेशसभा क्षेत्र खमा राष्ट्रिय जनमोर्चाबाट उमेद्वार बनेका रमेशकुमार पुनको पनी धरौटी गुमेको छ । प्रतिनिधिसभामा प्रति उमेद्वार दश हजार र प्रदेशसभामा पाँच हजारका दरले धरौटी बुझाउनुपर्ने व्यवस्था रहेको छ ।