राखु भगवतीमा सम्पन्न आखाँ शिविरमा ३२० जना लाभान्वित

विकल्प न्यूज/बेनी

पुस २ गते ।

IMG_0096म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा आयोजित निशूल्क आखाँ शिविरमा तिनसय २० जना लाभान्वित भएका छन् । लायन्स क्लव अफ म्याग्दी दोभानको आयोजना, रघुगंगा गाउँपालिकाको सह– आयोजना, आखाँ उपचार केन्द्र, म्याग्दीको प्राविधिक सहयोगमा शनिबार आँखा परिक्षण शिविर सञ्चालन भएको थियो ।

वडा कार्यालय परिसरमा सञ्चालित शिविरमा रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडाका ३२० जना सर्वसाधारणहरुले सेवा लिएको लायन्स कल्वकी शर्मिला थापाले जानकारी दिनुभयो । उक्त शिविरमा १२ जनाको आखाँको शल्यक्रिया पनि गरिएको थियो ।

शिविरमा आखाँ परिक्षण गर्न आएका सर्वसाधारणलाई आखालाई कमजोर हुनबाट बचाउने उपायबारे जानकारी गराईएको लायन्स कल्व दोभानकी अध्यक्ष लायन गिता रिजालले जानकरी दिनुभयो ।

गाउँमै अनुभवि डाक्टहरुको उपस्थितमा आयोजना गरिएको आखाँ शिविरमा राखु भगवती र राखु पिप्लेका सर्वसाधारणहरुलाई राहत मिलेका थियो । उक्त शिविरमा आखाँ विरामीलाई निशुल्क औषधी र चस्मा उपलब्ध गराईएको थियो ।