विजयी उम्मेदवार बरंजा र अर्मनमा

विकल्प न्यूज/बेनी
पुस २ गते ।

Bhagwati (5)प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दीका नवनिर्वाचित सांसदहरुले आईतबार मंगला गाउँपालीकाको बरंजा र अर्मनका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र प्रदेशसभा क्षेत्र (ख) का सदस्य नरदेवी पुनले मतदाता, नेता कार्यकर्तालाई धन्यवाद दिनुभएको हो ।

कार्यक्रममा एमालेका बैकल्पीक केन्द्रिय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्य थापाले नेपाली काँग्रेसले जनमतको कदर गर्दै नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपर्नेमा विभिन्न बाहनामा सरकारको आयु लम्बाउन खोजेको बताउनुभयो ।

उहाँले बामपन्थीको नेतृत्वमा गठन हुने अबको सरकार स्थिर हुने र त्यसले देशमा विकास र सम्बृद्धीको अभियान अघि बढाउने बताउनुभयो । प्रदेशसभा सदस्य नरदेवी पुनले चुनावी अभियानका क्रममा जनतासंग गरेको बाचा पुरा गर्न प्राथमिकता दिने बताउनुभयो ।
उहाँले सामाजिक परिवर्तनका लागि महिलाको आर्थिक स्रोत र शिक्षामा पहुँच बढाउनुपर्ने बताउदै जिल्ला र आफ्नो क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको काम गर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य चन्द्रबहादुर घिमीरेले एमाले माओवादीको बाम गठबन्धनलाई जनताले अनुमोदन गरीसकेकाले अब यसलाई पार्टी एकतामा रुपान्तरण गर्नतर्फ लाग्ने बताउनुभयो ।

मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले स्थानीय जनताको आवश्यकता, समस्यालाई प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिने बताउनुभयो । ३ नम्बर वडाका अध्यक्ष कबिन्द्र रोकाको अध्यक्षता, शंकर शेरचनको स्वागत मन्तब्य र मोहनलाल सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिजयी सांसदहरुको टोलीलाई स्थानीय आमा समूह, युवा कल्व, सामुदायीक वन, विद्यालयले स्वागत गरेका थिए । विगतमा चुनाव जितेपछि बिरलै गाउँ आउने गरेकोमा यसपाली गाउँमै आएर धन्यवाद दिएकोमा स्थानीयबासी खुसी भएका छन् । अघिपछि पनी नियमित गाउँमा आईराख्न स्थानीयबासीले आग्रह गरेका छन् ।

सांसदद्धय थापा र पुनको टोलीले बेनपा ४ थामडाँडा, मंगला ५ किमचौर र अर्मनमा पनी आईतबारनै मतदाताहरुलाई धन्यवाद दिनुभएको थियो ।