प्रदेश ३ मा विवेकशील साझालाई ३ सिट

२९ मंसिर, काठमाडौं ।

Bibeksheel-Sajha-Partyप्रदेश ३ को समानुपातिकतर्फ नेकपा एमालेले १७ सिट पाएको छ भने विवेकशील साझा पार्टीले ३ सिट पाएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश ३ को समानुपातिकतर्फको गणना सकिएको छ । एमालेले ६ लाख ६५ हजार २४९ मत पाएको छ भने कांग्रेसले ५ लाख ४९ हजार ७०४ र माओवादीले ३ लाख १२ हजार ९७ मत पाएको छ ।

यस्तै विवेकशील साझाले १ लाख १७ हजार १३९ र राप्रपाले ५६ हजार १६८ मत पाएको छ ।

प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्ड छ । कुल सदर मतको १.५ प्रतिशत नकटाउने दलले समानुपातिकमा सिट पाउँदैनन् ।

यसरी हेर्दा प्रदेश ३ को समानुपातिकतर्फ एमालेले १७ सिट पाएको छ । कांग्रेसले १४ सिट पाउँदा माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाएको छ ।

यो सिट विभाजन निर्वाचन आयोगले उपलब्ध गराएको मतलाई सेन्ट लग विधिबाट निकालिएको छ । आयोगले औपचारिक रुपमा भने कुन दलले कति सिट पायो भनेर घोषणा गरेको छैन ।  onlinekhabar.com