माछापुच्छ्रे बैंकद्धारा अस्पताललाई उपकरण सहयोग

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २८ मंसिर ।

machha bankमाछापुच्छ्रे बैङ्क लिमिटेडले बिहीबार बेनी अस्पताललाई उपकरण सहयोग गरेको छ ।  अस्पतालमा आयोजित कार्यक्रममा उपचारमा प्रयोग हुने विभिन्न औजार, उपकरण हस्तान्तरण गरिएको हो । उपचार सेवालाई थप प्रभाकारी बनाउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत विभिन्न नौ किसीमका उपकरण उपलब्ध गराइएको बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले बताउनुभयो ।

बिरामीलाई औषधी दिने ईन्फ्युजन पम्प, बच्चाको प्रेसर जाँच गर्ने लगायतका काममा प्रयोग हुने उपकरण सहयोग गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु ब?वाल, बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईली मार्फत अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र निमित्त अस्पताल प्रमुख डाक्टर अम्बालीका शाक्यलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।
बैङ्कका कर्मचारी रामबाबु बरालले स्वागत र सोकेन्द्र थापामगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिसस प्रमुख केसीले सहयोग प्राप्त भएको उपकरण बिरामीको उपचारमा सहयोगी र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । अस्पताल विकास समितिका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त अस्पताल प्रमुख शाक्यले अति आवश्यक तर अस्पतालमा नभएका सामाग्री सहयोग गरेकोमा बैङ्कलाई धन्यवाद दिनुभयो ।
देशभर ६२ वटा शाखा रहेको माछापुच्छ्रे बैङ्कले वि.स २०६५ मा बेनीमा शाखा स्थापना गरेर अत्याधुनीक बैङ्कीङ सेवा प्रदान गर्दै आएको छ । बेनी शाखाका १२ हजार भन्दा बढी ग्राहक रहेका बैङ्कले जनाएको छ ।