विकल्प न्युज । बेनि
१८ मंसिर ।नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले निर्वाचन आफ्नो लक्ष्य प्राप्तीको प्रस्थान विन्दु भएको बताएका छन् ।
पहिलो चरणमा अन्र्तरगत म्याग्दी जिल्लामा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहजनक सहभागिता जनाई आफ्नो मताधिकार प्रयोग गर्ने सम्पुर्ण म्याग्देलीलाई आभार प्रकट गरेका छन् । मंगलबार प्रेस विज्ञप्ती जारी गदैं गर्बुजाले निर्वाचनले संविधान कार्यान्वयनको एउटा महत्वपुर्ण चरण पार गदैं गरेको लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने प्रेरणादायी भूमिका खेल्ने विश्वास ब्यक्त गरेको बताएका छन् । ‘निर्वाचन राजनीतिक यात्राको अन्तिम विन्दु होईन्, यसलाई एउटा माध्यमको रुपमा लिएको छु’ उनले भने ।
विज्ञप्तीमा गर्बुजाले मताधिकार प्रयोग गर्नु लोकतन्त्रको सौन्दर्य पक्ष भएको बताउँदै राज्यले दिएको कार्यभारलाई पुरा गर्नेका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, शसस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालयलाई समेत धन्यवाद दिएका छन् ।
उनले निर्वाचनको सुचना प्रवाह गर्ने सञ्चारमाध्यम, निर्वाचन पर्यवेक्षणहरुका साथै नेपाली कांग्रेसलाई विजय बनाउन शहर देखी गाउँसम्म पुगेर जिम्मेबारी निष्ठा र ईमान्दारीपूर्वक पुरा गर्ने तथा आर्थिक, भौतिक र नैतिक सहयोग पु¥याउने स्वदेश तथा विदेशमा रहने म्याग्देलीलाई हार्दिक कृतज्ञता ब्यक्त गरेका छन् ।
विज्ञप्तीमा गर्बुजाले २०६४ सालबाट जिल्लाको विकास र सेवा गर्ने प्रयासलाई २०७० मा समेत जनता माँझमा जाने प्रयास गरे र अहिले पनि यो प्रयासलाई निरन्तरता दिएको जनाइएको छ । उनले जिल्लाको विकासमा योगदान दिने इच्छा विजय र पराजयसँग कुनै सम्बन्ध नराख्ने बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तता दिने प्रतिबद्धता जनाउने बताए ।