जलजलामा घरदैलो तिब्र

विकल्प न्यूज/जलजला पर्वत
मंसिर १७ गते । 24169463_2167151826644060_886859014_oमंसिर २१ गते दोस्रो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव हुन लागेको पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालिकामा राजनीतिक सरगर्मी बढेको छ ।

मतदानको मिती नजिकिदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन तथा नेपाली काँग्रेसका नेता कार्यकर्ताले जलजलाका ९ वटै वडामा घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

बाँसखर्क, मल्लाज, लेकफाँट, शालीजा, धाईरीङ, नाग्लीवाङ र बनौमा दुवै पक्षका कार्यकर्ताले नमुना मतपत्र सहित घरदैलो अभियानलाई सञ्चालन गरेका हुन् । उनिहरुले आफ्ना उमेद्वारलाई मत माग्नुका साथै मतदान गर्ने तरीका सिकाउन मतदाता शिक्षालाई समेत जोड दिएका छन् ।24167117_2167152293310680_237968727_oप्रतिनिधिसभामा १ वटा निर्वाचन क्षेत्र रहेको जलजला गाउँपालिका प्रदेशसभाको क्षेत्र नम्बर १ मा पर्छ । प्रतिनिधिसभामा काँग्रेसका अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरी तथा प्रदेशसभाको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी र काँग्रेसका नवराज गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

एमाले माओवादी केन्द्रको बाम गठबन्धनले विगतका तिन वटा संसदीय चुनाव जितेका जोशीले विकास र परिवर्तनका लागि अपेक्षाकृत काम गर्न नसकेकाले यसपटक जनताले बाम गठबन्धनलाई रोज्नुपर्ने भन्दै मतदाता फकाईरहेका छन भने काँग्रेसका कार्यकर्ताले विगतमा अघि बढेका योजनालाई थप प्रभावकारी बनाउन जोशीलाई जिताउनुपर्ने भन्दै भोट मागिरहेका छन् ।

दुवै पक्षले चुनाव जित्नका लागि एक अर्काका कार्यकर्तालाई आफूतीर आर्कर्षीत गर्ने र प्रवेश गराउन उत्तिकै प्राथमिकता दिएका छन् । दैनिक जसो नेता कार्यकर्ता भोट माग्न आउन थालेपछि गाउँबस्तीमा रौनक छाएको छ ।

म्याग्दीसंग सिमाना जोडिएको जलजला गाउँपालिकाका बासिन्दाले भरपर्दो सडक यातायात, खानेपानीको सहज सुबिधा, गरिबी निवारण, जातीय तथा लैङगिक बिभेदको अन्त्य, उच्च शिक्षा, रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, सिँचाई, नदी नियन्त्रणका योजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।